सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा एक पछि अर्को झ ड्का लाग्दै गएको छ । उनको निधनले बलिउड २ धारमा बाडिएर अनेक तर्क र बितर्क गर्न थाले । अनुसन्धान गर्दै जाँदा नयाँ नयाँ कुरा बाहिर आइरहेका छन् ।
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेपछि धेरै व्यक्तिहरु यो घटना जोडिने अनुमान गरिएको छ । पछिल्लो समय चक्रवर्तीलाई ला’गु औ’षध लिने, दिने र बेच्ने गरेको आरोप लागेको छ ।
Repeat after me, depression is a consequence of drug abuse. So called high society rich star children who claim to be classy and have a good upbringing ask their manager ,” MAAL HAI KYA?” #boycottBollywoodDruggies #DeepikaPadukone https://t.co/o9OZ7dUsfG
— Kangana Ranaut (@KanganaTeam) September 21, 2020
उनी आफैले पनि ड्र ग्स सेवन गर्ने गरेको कुरा स्वीकारेकी छिन् । उनीले आफुले सेवन गर्ने कुरा स्वीकार्दै बलिउडमा ८० प्रतिशत भन्दा बढी कलाकार कुलतमा रहेको बयान दिएको विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन् ।
नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्र ग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगेको छ । एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्र ग्स मागेको मेसेज बाहिरिएको हो । म्यासेजमा दीपिकाको कोडनेम ‘डी’ र करिश्माको कोडनेम ‘के’ प्रयोग गरिएको भारतीय मिडियाको दाबी छ ।
दीपिकाको नाम सार्वजनिक भएसँगै नायिका कंगना रनावतले उनी ड्र ग्स सेवन गरेकै कारण डि प्रेशनमा पुगेको भन्दै ट्विट गरेकी छिन् ।