एउटा मानिसका लागि नभै नहुने कुरा भनेको उसमा रहेको सुन्दरता नै हो । किनकी एउटा मानिसले अर्को मानिसलाई पहिलोपटक देख्दा हेर्ने भनेको रुप नै हो । बलिउडमा यस्ता केही अभिनेत्रीका आमा छन्, जो छोरी भन्दा सुन्दर छन् । अझैं पनि उनीहरूको सुन्दरताबाट जोकोही कायल रहन्छन् ।
आलिया फर्नीचारवालाकी आमा पूजा बेदी फेसनको दुनियाँमा चर्चित अनुहार हुन् । उनी अभिनयमा पनि उत्तिकै सशक्त छिन् । तर उनको सुन्दरता अगाडि उनकी छोरी मात खान्छिन् ।
अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘दबंग’बाट अभिनय यात्रा शुरु गरिन् । पहिलो फिल्मबाट उनले अभिनय भन्दा सुन्दरताबाट सबैको ध्यान आफूतिर तानिन् । फिल्ममा उनी आफ्नी आमा पुनम सिन्हा जस्तै देखिएको धेरैले प्रतिक्रिया दिएका थिए । आम दर्शकको यो भनाईबाट पनि सोनाक्षीकी आमा कति सुन्दर छिन् भन्ने प्रष्ट बुझ्न सकिन्छ ।
अभिनेत्री रायमा र रिमी सेनकी आमा मुनमुन सेन फेसन र शैलीको मामलामा आफ्नी छोरीहरुभन्दा अगाडि छिन् । अर्की अभिनेत्री अनन्या पाण्डेकी आमा भावनाको सुन्दरता झनै राम्रो छ । फेसन डिजाइनर रहेकी भावनाको फेशन शैली अनन्याको भन्दा अब्बल छ ।
आमाछोरीको कुरा गर्दा नछुट्ने नाम ट्विंकल खन्ना र डिम्पल कपाडिया हुन् । अभिनयको ख्यातीदेखि सुन्दरताको हरेक कुरा गर्दा डिम्पल ट्विंकल भन्दा धेरै अगाडि छिन् ।
अभिनेत्री सारा अली खानले बलिउडमा धमाकेदार इन्ट्री मारिन् । उनको अभिनयको पनि तारिफ भयो । तर अभिनय र सुन्दरताका मामलामा उनले आमा अमृता सिंहलाई जित्न सकिनन् ।
अभिनेत्री कोंकणा सेन शर्माकी आमा अर्पण सेन पनि नाम चलेकी अभिनेत्री हुन् । दुवैजना सुन्दर छन् र अभिनयमा पनि उस्तै अब्बल । तर कोंकणा भन्दा बढी स्टाइलिस्ट उनकी आमा छिन् ।
अभिनेत्री शर्मिला टैगोर आफ्नो समयकी प्रतिभावान अभिनेत्री हुन् । उनको सुन्दरताको पनि त्यो समयमा उत्तिकै चर्चा हुने गर्दथ्यो । उनकी छोरी सोहा अली खानले आमाबाट अभिनयको सबै गुण त लिइन्, तर सुन्दरताको मामलामा आमालाई मात खुवाउन सकिनन् ।
अभिनेत्री इशा देवलकी आमा अर्थात बलिउडकी ड्रिम गर्ल हेमा मालिनीको अगाडि इशा जहिल्यै फिका छिन् । उनको फिका अभिनय, नृत्य र फेशन शैलीसम्म छ ।