भारतीय टेलिभिजन रियालिटी शो ‘बीग बोस’को दर्शकमाझ राम्रो क्रेज छ । यसपटक ‘बीग बोस सिजन १४’ को नामबाट नभई ‘बीग बोस २०२०’को नामले पनि यो शो अझ चर्चामा छ । सलमानको शो अक्टोबर ३ बाट शुरु हुँदैछ । केही समय यता यो शोमा सहभागी हुनसक्ने सम्भावित प्रतिष्पर्धीको नाम अनुमान गर्न थालिएको छ ।
जसमा टेलिभिजन अभिनेत्री निया शर्मा, विवयन डीसेना छन् । तर हालसम्म यो शो जितेका विजेताहरु अहिलेसम्म के गरिरहेका छन् भन्ने चासो सबैमा पर्छ । हामीले यहाँ केही पूर्व विजेताहरुको वर्तमान कामलाई प्रस्तुत गरेका छौं ।
विजेता मनवीर गुर्जर शो जितेपछि रातारात स्टार भए । उनी यो शो पछि अर्को शो ‘खतरों के खिलाडी’ मा पनि सहभागी भए । यसबाहेक उनले ‘आज की अयोध्या’ नामक फिल्ममा पनि हस्ताक्षर गरेका थिए । अहिले उनी एक डेरीका मालिका भएका छन् । यो उनको पारिवारिक व्यवसाय हो । यसबाहेक उनको खेती र रेन्टल सम्पत्तिको पनि व्यापार छ ।
‘बिग बोस’ सीजन ८ मा गौतम गुलाटीले सबै दर्शकलाई आफ्नो शैलीबाट दिवाना नै बनाएका थिए । उनी अहिले टेलिभिजन र फिल्मबाहेक आफ्नो व्यवसाय पनि गर्छन् । नयाँदिल्लीमा उनको एक नाइट क्लब छ । जसको नाम आरएसभीपी हो ।
मोडल तथा टेलिभिजन अभिनेत्री गौहर खानले सन् २०१३ मा बिग बोस सीजन ७ जितेकी थिइन् । उनी आफ्नो एक फेसन ब्राण्ड चलाउछिन् । जसको नाम गौहरजियस हो ।
त्यस्तै उर्वशी ढोलकियाले सन् २०१२ को सिजन जितेकी थिइन् । उनी एक एन्टरप्रेन्यूर हुन् । उनी ९ हाइ नामको एक कम्पनी चलाउछिन् । जुन कम्पनीले इभेन्ट व्यवस्थापन, प्रदर्शन, डिजाइनिङ, कर्पोरेट इभेन्ट्स, विवाह र पार्टीको आयोजना गर्दछ ।
जूही परमारको कुनै ठूलो व्यवसाय त छैन, तर उनी आफ्नो युट्युब च्यानलका माध्यमबाट मानिसहरुलाई साबुन र सेनिटाइजर बनाउन सिकाउछिन् । उनको च्यानलमा दुई लाख सब्सक्राइबर छन् ।
पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको Intellectual Property Right अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।