कुनै न कुनै कुराले ताती रहने हाम्रो सामाजिक संजाल यतिबेला पनि निवर्तमान नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल सफलता पुर्वक सकिएको संगै पुन नियुक्ति गर्नुपर्ने कुराले तताएको छ ।
ठिक चार वर्ष अगाडि कुलमान घिसिङ प्राधिकरण प्रमुख भएर आउदा नेपालमा दैनिक २१/२२ घण्टा सम्म लोडसेडिङ हुदै आएको थियो भने अरबौ अरब प्राधिकरण घाटामा समेत थियो । कुलमानले कार्यकाल समालेको एक वर्ष मै प्राधिकरण घाटा चुक्ता गर्दै नाफामाको बाटोमा अगाडी बढेको थियो यता लोडसेडिङ पनि क्रमश ओरालो लाग्दै आउदा छोटो समय मै नेपाल विध्युत प्राधिकरणको इतिहासमा एउटा नायक रूपमा कुलमानले आफुलाइ साबित गर्दै आफ्नो कार्याकाल सम्पन्न गरेका छन यतिबेला कुलमानको पक्षमा बहुसंख्यक नागरिक हरु आवाज उठाउदै आएका छन ।
यता सामाजिक संजालमा पनि समाजसेवी देखि विभिन्न सामाजिक अभियान्ताहरु समेत कुलमान लाई पुन नियुक्तिको लागि आवाज उठाइरहनु भएको छ । सामाजिक संजालमा सबैभन्दा धेरै चर्चा परिचर्चा समेत यतिबेला कुलमान कै विषयमा भएको पाइन्छ ।
कुलमानको पुन नियुक्तिको विषयलाई लिएर पछिल्लो चरण विभिन्न खाले टीका टिप्पणी हरु बहसहरु पनि भैइरहेका छन । तर म कुलमान लाई पुन नियुक्ति गरिनु पर्छ भन्नेमा छैन किनकि उनले आफ्नो चार वर्षको कार्यकाल सफलता पुर्वक सम्पन्न गरिसकेका छन र उज्यालो नेपालको उज्यालो नायकको रूपमा नेपालीहरु माझ स्थापित समेत भैसकेका छन ।
यो अवस्थामा उनलाई अब प्राधिकरणको त्यो साघुरो घेराभित्र पुन राखिनु हुदैन अब उनलाई उनको कार्यकालको सीप अनुभव लाई पुन उचित प्रयोग गर्नुपर्छ । तसर्थ अब कुलमान लाई घिसिङलाई प्राधिकरण प्रमुख होइन नेपाल सरकारको उर्जा मन्त्री बनाएर नेपालकै इतिहासमा सबैभन्दा धेरै विधुत उत्पादन गर्ने मन्त्रीको रूपमा आम नागरिक हरु उनलाई हेर्न र चिन्न चाहान्छन ।
यता सामाजिक संजालमा पनि समाजसेवी देखि विभिन्न सामाजिक अभियान्ताहरु समेत कुलमान लाई पुन नियुक्तिको लागि आवाज उठाइरहनु भएको छ । सामाजिक संजालमा सबैभन्दा धेरै चर्चा परिचर्चा समेत यतिबेला कुलमान कै विषयमा भएको पाइन्छ ।
अब प्राधिकरणको साघुरो बाट कुलमान लाई मुक्त गर्दै मन्त्रालयकै जिम्मेवारी दिनु पर्छ तेसो भयो भने नेपाल भएको ८३ हजार मेघावाट बिजुली उत्पादन हुने जलस्रोत को अझै भरपुर उपयोग हुने हुनेछ भने मानिसले सफलता प्राप्त गरिसके पछि उसलाई थप त्यहाँ रोकिराख्नु हुदैन फेरि अर्को सफलताको निम्ति अर्को बाटो दिनुपर्छ ।
त्यो भनेको कुलमान लाई प्राधिकरण प्रमुख होइन अब उर्जा मन्त्रालयको उर्जा मन्त्री बनाएर पुन नेपाल लाई मात्र उज्यालो नेपाल होइन द्रोश्रो जलस्रोतको धनि देश नेपालको जलस्रोतको उच्चतम प्रयोग गरेर विश्व बजारमा नेपाल बाट बिजुली उत्पादन गरेर बिक्री गर्नुपर्छ विश्वलाई नै उज्यालो तर्फ मोडन पर्छ तसर्थ पनि अब कुलमान घिसिङ लाई बिना सर्त उर्जा मन्त्री बनाइनुपर्छ यो आजको नेपालको आवश्यकता मात्रै होइन कुलमान ले अहिलेसम्म प्राप्त गरेको अनुभव र कार्य कौशलताको पनि उच्चतम उपयोग हुनेछ ।
समर्पण भट्टराई बर्दिया टाइगरका सम्पादक हुन् ।