काठमाडौँ । प्रख्यात संगीतकार तथा गायक ब्रजाचार्यको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा बिहानैदेखि ब्रजाचार्यलाई आफन्त र शुभचिन्तकले शुभकामना दिइरहेका छन् । उनले नेपाली, नेपाल भाषा तथा हिन्दीमा पनि दर्जनौं संगीत सिर्जना गरिसकेका छन् ।
उनले थुप्रै नेपाली चर्चित गीतहरु सयथरी बाजा, शान्ति लुकाउँ कहाँ, फूलको आँखामा फूलै संसार, ओराली लागेको आदीमा संगीत दिइसकेका छन् ।
उनी आफैले पनि गीतहरु गाएका छन् । उनी नेपाल आइडलका पहिलो र सिजन ३ सम्मका निर्णायक पनि हुन् । कम बोल्ने स्वभावका गायक तथा संगीतकार हुन् न्ह्यु ब्रजाचार्यको सांगीतिक उचाई अझै थपियोस् जन्मदिनको अवसरमा ओएस नेपालको लाखौँ लाख शुभकामना ।