आजसम्म मानिसहरूले मानव जीवनको अस्तित्व र लक्ष्यको बारेमा धेरैले धेरै धारणा राखेका पाइन्छ । मानव जीवनमा केवल धेरै धन कमाउनु, प्रसिद्धि र ख्याति कमाउनु नै मानव जीवनमा महत्त्व हो भन्ने बुझिन्छ तर,यो मान्छेबाट र उनिहरूको सोचाइबाट भएको ठुलो गल्ती हो ।
मान्छेहरूले पैसाका लागि ज्यान फालेको देख्दा हिजोआज आचम्म लागेर आउँछ। के मानव जीवनको लक्ष्य पैसा कमाउनु र त्यस मै निहित हुनु हो र? मानिसहरू पैसा नै सबैभन्दा ठुलो सुविधा हो भन्ने भावनामा निहित हुन्छन् । त्यसमा एक मजबूत तरीका छ तर,जीवन गन्तव्य छैन। मानव जीवनको लक्ष्य भनेको क्यारियर बनाउने, पैसा कमाउने, विवाह गर्ने, बच्चा जन्माउने, ती बच्चाहरूको लागि क्यारियर बनाउने, आफ्ना बच्चाहरूलाई हुर्काउने र हुर्काएर मर्ने मात्र होइन।
जीवनको लक्ष्य भनेको ‘जीवन’ हो अर्थात् आत्म अनुभूति प्राप्त गर्नु, आफूलाई चिन्नु म भित्र भएको म लाई राम्रोसँग चिन्नु र म मा अढिक रहि जीवनको बास्तबिकतामा पुग्नु जान्नु र जीवन अभिव्यक्त गर्नु तपाईं तपाईंको शरीरसँग जडित हुनु नै वास्तविक जीवन हो ।
मानवको आफ्नौ लक्ष्य हुन्छ र उ त्यहीँ लक्ष्य मा निहित हुनुपर्छ । जीविकोपार्जनको लागि, व्यक्तिको लक्ष्य भनेको विभिन्न पेशा अपनाउने हो, आफु भित्र भएको सीप सिर्जनालाई प्रस्फुटन गर्नु र आफ्नो दक्षता अनुसार विभिन्न पेशा अपनाउने नै हो। जस्तै; एक डाक्टर, सिकर्मी, इन्जिनियर, चित्रकार, निर्माता, लगाएत आदि। तर,अन्तिम लक्ष्यको रूपमा मानिसहरू निकै गल्ती गर्छन् अक्सर मानिसहरू मानवको आधारभूत लक्ष्य दिमागलाई “हाम्रो” अर्थात् काम,प्रेमान, निर्मल र आज्ञाकारी अज्ञानता भर्ननतिर निहित रहेको पाहिन्छ तर,यो सरासर गलत हो।
हामीले हाम्रो जीवनको वास्तविकतामा के हुन्छ भनेर जान्नु नै जीवनको आधारभूत लक्ष्य हो। जुन कुरा अहिलेसम्म धेरैले बताइएको पाहिन्न । त्यसकारण, सुरुमा यस लक्ष्यलाई बुझ्न अत्यान्तै गाह्रो हुने देखिन्छ।
‘जीवनको आधारभूत लक्ष्य भनेको जीवनलाई नै जान्नु हो, जीवनलाई यसको वास्तविकता प्राप्त गराउँनु र आफैंले त्यस बास्तबिकताको अनुभव गर्नु नै जीवनको लक्ष्य हो’। त्यो हो, जीवनको लक्ष्य आत्म-प्राप्तिलाई प्राप्त गर्नु हो, जुन आजसम्म विभिन्न नामहरूद्वारा जानिएको छ जस्तै साक्षी, आत्म-साक्षी, अल्लाह, भगवान, चैतन्य लगाएत आफ्नो आस्था अनुरूपको । उही जीवित चैतन्य हाम्रो भित्र छ, जसको कारणले हाम्रो शरीर चल्दै छ, बोल्दै छ, अवलोकन गर्दै छ, विभिन्न प्रकारका अभिव्यक्ति व्यक्त गर्दछ, अन्यथा शरीर केवल एक लास मात्र हो ।
जुन हामी भित्र रहेको जीवित प्राणी हो, जसलाई मानव जीवनको आधारभूत लक्ष्य भन्न सकिन्छ। जब मानव शरीरमा यसले वास्तविकता प्राप्त गर्दछ, तब यसलाई आत्म अनुभूति भनिन्छ।
जीवनको लक्ष्य भनेको ‘जीवन’ हो अर्थात् आत्म अनुभूति प्राप्त गर्नु, आफूलाई चिन्नु म भित्र भएको म लाई राम्रोसँग चिन्नु र म मा अढिक रहि जीवनको बास्तबिकतामा पुग्नु जान्नु र जीवन अभिव्यक्त गर्नु तपाईं तपाईंको शरीरसँग जडित हुनु नै वास्तविक जीवन हो ।
जब तपाईंलाई जीवनको वास्तविक अर्थ थाहा हुन्छ,तब तपाईं ले जीवनको कला बुझ्नुहुने छ। मानिसहरू सोच्दै छन् कि मानव जीवन जिउनँ कलाको आवश्यक पर्छ। तर अब तपाईले बाँच्नको बाच्नको लागी कला सिक्नुपर्दैन, तर तपाई जीवनमा नै अढिक हुनुपर्दछ, अर्थात् तपाईले शरीरलाई माथि हेर्नु पर्छ। अहिले सम्म तपाईलाई लाग्थ्यो कि यो मेरो लागि भइरहेको छ जब मैले प्रशंसा, आलोचना, व्यंग्य पाएको छु। तर यो तपाइँलाई भइरहेको छैन, यो तपाइँको शरीरमा भइरहेको छ। यस बुझाइमा स्थापित हुनु जीवनको लक्ष्य हो।
जीवन भावना, विचार, बोली र कार्यको साथ पूर्णतामा जीवन बिताउनु हो। अर्को शब्दमा, यो पूर्णता हासिल गर्नु र त्यसमै निहित हुनु जीवनको अन्तिम लक्ष्य र उदेश्य हो।
यदि मानव भई मानवता विपरीत कुकर्म तिर लाग्छ र आफ्नो अस्तित्व र मानवता ध्यानमा राख्दैन भने मानवलाई मानव भन्न उसको अस्तित्वले दिदैन।उसको अस्तित्वमा निहित हुन र विवेकशील प्राणी वा मानव भन्न उसको व्यवहारले दिदैन ।
यदि मानव भई द्वि दिनको भोक विलासमा निहित भएर आफ्नो जीवन बर्बात गर्न र जीवनको उद्देश्य र लक्ष्य प्राप्ति तिर निहित हुदैन भने केवल उ मानव शरिरको पशुतुल्य निर्जीव प्राणी हो ।