बलिउड अभिनेत्री अर्थात सुशान्त सिंह राजपुतको प्रेमीका लाई पुन: एकपटक झ ट्का लागेको छ । प्रेमिका रिया चक्रवर्तीले जे ल जानै पर्ने भएको छ। ला गु औ षध मु द्दामा मुम्बई सेसन्स कोर्टले धरौ टीमा उ न्मुक्ति नदिएपछि उनी जे लमा जाने भएकी हुन्।
धरौ टीमा रि हा गर्ने याचिका अदालतले खारेज गरेपछि उनले जे ल जानुपर्ने भएको हो। सबै ६ आरोपित रिया, शोविक, दीपेश सावन्त, स्यामुअल मिरांडा, जैद, बासित परिहार जे ल जानुपर्ने भएको हो।
रिया २२ सेप्टेम्बरसम्म भायखला जे लमा रहने छिन्। रियालाई धरौ टीमा छुटाउन उनका वकिल उच्च अदालतको ढोका ढकढकाउने सक्ने बाटो भने खुलै छ।
रिया चक्रवर्तीको घरबाट एनसीबीले लगेका विद्युतीय उपकरणले उनीबारे निकै ठूलो खुलासा गरेको छ । अनुसन्धानमा बताइए अनुसार सन् २०१७–२०१८–२०१९ मा रियाको ड्र ग्स मण्डली निकै सक्रिय थिए । अनुसन्धान एजेन्सीले घरबाट लगेको विद्युतीय उपकरणमा ड्र ग्सको मण्डलीसँग जोडिएका तस्बिर, भिडियो, ह्वाट्सएप च्याट, एसएमएस बरामद गरेको छ । यसमा बलिउडका २५ कलाकार पनि जोडिएको सञ्चारमाध्यमहरुले बताएका छन् ।
पिंकभिल्लामा प्रकाशित एक समाचार अनुसार एनसीबीले चाँडै नै यी बलिउड कलाकारलाई सोधपुछ गर्नेछ ।
रियाले ती बलिउड पार्टीको नाम पनि भनेकी छिन् जहाँ ड्र ग्सको सेवन गर्ने गरिन्छ । एनसीबीले सुशान्तका सह–कलाकार र अभिनेतालाई पनि सोधपुछ गर्ने बताइएको छ । स्मरण रहोस यो भन्दा अगाडी पनि करण जोहरको पार्टीमा सेलिबेटीहरुको ड्र ग्स पार्टी चलेको भनेर भिडियो भाइरल नै भएको थियो । करण जोहरको निकट रहेका सेलिबेटीहरु फन्दामा पर्न सक्ने बुझिएको छ । अर्जुन कपुर, मलाईका अरोरा, बिक्की कौशल, दिपिका पादुकोणलगायतका कलाकारहरु फन्दामा पर्ने बताइएको छ ।