नेपालको राजनैतिक वातावरण अन्यौल, अस्पष्ट र ज्यादै मनोमानी अवस्थावाट गुज्रिदै गएको छ । आन्तरिक समस्या ह त्या, हिं सा, आ तंक, जोखिम र भोकमारीले बिस्तारै समाजलाई तरङ्गित , अशान्त र भयावह बनाइदिएको छ जसले गर्दा दिन प्रतिदिन चिन्ता थपिदै गएको छ ।
राजनैतिमा देखिएको भ्रष्टाचार र अत्याचारले आर्थिक, सामाजिक, र मनोवैज्ञानिक सन्तुलनलाई खलबलाई दिएको छ । जनताबाट प्राप्त जनादेश र अधिकारलाई सदुपयोग गरेर राष्ट्रलाई समृद्धिको मार्गमा लैजानुको सट्टा जनप्रतिनिधिबाटै अधिकारको दुरुपयोग हुनाले जनता मारमा परेको स्पष्ट देखिन्छ । सर्वसाधारणका सामान्य आवश्यकता गास, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता सुविधाहरु बञ्चित हुँदै गएका छन् ।
कोभिड–१९ ले विश्व आक्रान्त हुँदा नेपालमा पनि यसको प्रत्यक्ष असर परेर दिनप्रतिदिन संक्रमितहरु बढिरहेका छन । जनतालाई घरभित्र थुनेर राख्ने सरकार जनताका समस्या एकातर्फ सरकार अर्को तर्फ हुनाले आम जनतालाई सोच्न बाध्य बनाएको छ कि मुलुक अब कतातिर जादैछ ?
कोभिड–१९ को नियन्त्रका लागि सरकारले गरेका कमदलाई जनताले साथ, समर्थन दिदै आएका छन तर सरकारले यसको उचित ब्यबस्थापन गर्ने सकेन । जनताप्रति उत्तरदायी हुनुपर्ने सरकार सत्ता , शक्ति र भत्तामा लिप्त हुँदै गएपछि बिस्तारै उक्त कदमको खुलेरै बिरोधका आवाजहरु सुनिन थालेका छन । जनता महामारीसंग जीवन मर णमा छन ।
जो संग करोडौंको सम्पत्ति हुन्छ उनीहरुको दैनिकी र जो दिनहुँ दुई चार सय रुपैया कमाएर आफ्नो र परिवारको हातमुख जोर्छ उसको दैनिकी एकै किसिमको निर्णय र नितिले कसरी चल्छ सरकार ? दिनभरी मेहनत गरेर बेलुका छाक टार्ने ति गरीबहरु काम ठप्पै भएपछि खल्तीमा बचेको दुई चार सय पैसाले दैनिक कालोबजारी पसेर अचानक महंगिएको पसल अगाडि गएर घण्टौं सोच्न विवश छन् । स्याटाइजर किनौ की चामल ? हात धुने साबुन किनौ कि भात भिजाउने तिउन? रोगको डर भन्दा भोकको डर धेरै फरक हुन्छ ! रोगले मर्नु र भोकले मर्नुमा मृत्युको मुल्य कति फरक छ ? कि उस्तै उस्तै हो सरकार ?
महामारी नियन्त्रण गर्न घर बाहिर ननिस्कनू भनि आदेश गर्दा, हामी जस्ता हजारौ गरिब नाङ्गै घुमीरहेको छौं, भोकै हिडिरहेका छौं । बैदेशीक रोजगारमा गएको यूवा कम्पनी बन्द भएपछि कतै सेल्फ कोरेन्टाइन त कतै आइसोलेशनमा थुनिएको परदेशी र उसैकको भरमा बसेको परिवार केही हप्तादेखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन । यसले समाजमा पर्न गएको नकारात्मक असरको जिम्मेवारी लिन नेपाल सरकार तयार छ ? न स्वदेशमा उचित ब्यबस्थापन न परदेशमा अलपत्र परेका दाजुभाइलाई सुरिक्षत घर फिर्ता गर्न सहुलियत टिकटको जोहो भएको छ । नराम्रो काम गर्न मात्रै न्वारन देखिको बल निकालेर दम्भ मात्र प्रर्दशन गरिराख्ने हो भने जुन संघर्ष भोको पेट र खाली खुट्टाले गर्न सक्छ त्यो कुनै पनि पुस्तकालयको ज्ञानले भेट्दैन । दैनिक काम गरेर आफ्नो गुजारा चलाएका हामी नेपालीले त्यो कदम उठाउन नपरोस् ।
राजधानीको सडक सुनसान छन् । विगत ६ महिना अघि देखिको पुर्ण र आंम्शिक लक डाउन हाल सम्म निरन्तर चलिरहेकै छ । सामान्य भन्दा पनि सामान्य अवस्थामा जिवन यापन गरेर आफ्नो गुजारा चलाउने श्रमजिवी नेपालीलाई यसले के कस्तो समस्या सिर्जना गरेको छ त ? यसको कुनै लेखाजोखा छैन । तर सरकार निरन्तर लक डाउन गरिराख्छ । गरिब मारा लक डाउनले जनजिवन प्रभावित बनाएको छ । ठुलावडा भनाउँदा, सरकारमा बस्नेहरु, सरकारको चाकडी गर्ने देखि, उच्चतम ओहदा र ठुला ठुला ब्यापारीका सवारी साधन रोडमा हुँइकिदै गर्दा ति सर्वसाधारण भोका नागां निमुखा र अभाव ग्रस्त नागरिकहरुको जीवनस्तर दिनदिन झन गुज्रिदै गएको छ । कतिको घरमा चुलो निभेको छ । कति रोग र व्याथाले मरर्णसन्न अवस्थामा पुगेका छन् । त कति भोक प्यास खप्न नसकेर आत्माहत्या गर्न बाध्य भएका छन् ।
कोभिड–१९ लाई मुख्य एजेण्डा बनाएर जतालाई भ्रम फैलाएको अनुभुती भएको छ । मानिसको जन्म संगै मृत्यु लिएर आएको हुन्छ । कोरोनाको महामारी भन्दा पहिला पनि मानिसहरु मर्ने गर्दथ्ये । न की कोरोनाले नै मानिसको मृत्यु सुरुवातको कारण भएको हो । प्रत्येक दिन विश्वमा कम्तिमा २ लाख भन्दा बढी मानिसको मृत्यु भएको तथ्याङ्कलाई आधार मान्ने हो भने कोरोनाको अनावश्यक हाउगुजी पो ठूलो बनाईयो कि ? कोरोना संक्रमित धेरै मानिसहरु बिना औषधि स्वस्थ्य भएर घर फर्किसकेका छन् ।
दिनभरी मेहनत गरेर बेलुका छाक टार्ने ति गरीबहरु काम ठप्पै भएपछि खल्तीमा बचेको दुई चार सय पैसाले दैनिक कालोबजारी पसेर अचानक महंगिएको पसल अगाडि गएर घण्टौं सोच्न विवश छन् । स्याटाइजर किनौ की चामल ? हात धुने साबुन किनौ कि भात भिजाउने तिउन? रोगको डर भन्दा भोकको डर धेरै फरक हुन्छ ! रोगले मर्नु र भोकले मर्नुमा मृत्युको मुल्य कति फरक छ ? कि उस्तै उस्तै हो सरकार ?
यस मध्ये ८० % दिर्घरोगीहरुको मृत्यु भएको देखिन्छ भने कोरोनावाट मात्र मृत्यु हुनेको संख्या ४ % मा स्वस्थ मानिसको मृत्यु ज्यादै कम छ यसवाट पनि के थाहा हुन्छ भने हाल मृत्यु भएका मानिसलाई कोरोनाको कारण देखाएर लक डानउलाई निरन्तर गर्नु केबल समस्याको समाधान होइन । विकल्प सहितको अन्य उपायहरु अपनाउनु आजको आबश्यकता हो । कुनै पनि क्षेत्रमा सन्तोष मान्न सकिने अवस्था छैन । सर्वत्र भ्रष्टाचार, अशान्ती, संकट र गुणस्तर हिनताले देश आक्रान्त छ ।
राष्ट्रियताको नाउँमा निहित स्वार्थ सिद्धिका लागि पूरै भ्रटाचारीलाई नै अघि सारिएको छ । जातीयताको नाउँमा उठेका कुराले देशमा भएको सामाजिक सद्भावलाई तहसनहस परिएको छ । आर्थिक समृृद्धिको त कुरा गर्नु बेकार छ । राष्ट्रभित्र भएको कलकारखाना सबै बन्द भएका छन् । सरकाले ऋण प्रदान गरी यूवालाई स्वरोजगार बनाएर देशभित्रै उत्पादन बढाउनु तर्फ ध्यान दिएको छैन । विश्व नै भयावह भइरहेको यो परिस्थितिमा नेपालको भविष्यको चिन्ता छोडेर सरकार श्रम सम्झौंता तिर लिप्त देखिन्छ ।
यसवाट के देखिन्छ भने आगामी दिनमा पनि आफ्नो यूवा शक्ति देश भित्रै परिचालन गरेर उत्पादन बढाउने तर्फ सरकार छैन । यसको बदला तरुण जनशक्तिलाई विदेशी पठाएर आएको रेमिट्यान्सले देश बलियो हुने फुस्रो आशा बाहेक सरकारसंग कुनै योजना देखिदैन ।
राजनैतिक बृत्तमा हुने सत्तालिप्सा र प्रशासनिक क्षेत्रमा हुने अनियमितताले धराशायी हुँदै गएको अर्थतन्त्रलाई उकास्ने ब्यक्तिगत वा सामुहिक प्रतिबद्धता कहिले आउँला सरकार ?
जनता व्यग्र प्रतीक्षामा छन ।