२०७७ का दिन केटीएम दैनिकमा मेरो एउटा लेख प्रकाशित भएको थियो “कोरोना बाट डराउनु पर्दैन” यस लेखको माध्यम बाट मैले नेपाल सरकारलाई नम्र सिफारिश गरेको थिएँ कि परीक्षणको गतिलाई कम गर्नु पर्छ । सबैको परीक्षण गर्नु आवश्यक छैन, त्यसको मात्र परीक्षण गरे पुग्छ जसमा लक्षण देखिन्छ । त्यस लेखका दुईवटा प्याराग्राफ तल हेर्न सक्नु हुन्छ:-
यस लेखको माध्यमबाट, म नेपाल सरकारलाई नम्र सिफारिश (humble recommendation) गर्न चाहन्छु कि अब हामीले परीक्षणको गतिलाई कम गर्नुपर्दछ । परीक्षण बढाउने होइन । अहिले हामी उही गल्ती गरिरहेका छौं कि परीक्षणहरू बढिरहेका छन् जसको कारण केसहरू बढ्दै छन् र यसका कारण मानिसहरूमा डर बढिरहेको छ । सरकारले उनीहरूको मात्र परिक्षण गर्ने जसलाई अस्पतालमा भर्ना गर्नु पर्ने आवश्यकता हुन्छ । सानो लक्षण भएकाहरू आफै स्वस्थ भैरहेका छन, उनीहरूलाई जाँच गर्नु पर्ने आवश्यकता के छ र ? त्यसले त त्रास झन बढ्नेछ । यदि उनिहरुको परीक्षण गरे पनि, अस्पतालमा भर्ना त गर्ने होइन ! घरमा नै क्वारेन्टाइन न गर्ने हो !
सारांशमा भन्ने हो भने परिक्षण बिस्तारै कम गर्नु पर्छ, बढाउनु हुँदैन । यदि एक दिनमा ३ हजार परिक्षणहरु हुन्छन भने एक्कासी २ हज़ार गर्ने भन्न खोजेको होइन । परिक्षणहरु विस्तारै कम गर्दै जाने हो, बढाउने होइन । आज ३ हजार परीक्षणहरू हुन्छन् भने भोली २ हजार ८ सय गर्ने, त्यसपछि २ हजार ६ सय गर्ने, यसरी कम गर्दै जाने । यसले के हुन्छ ? केसहरु मिडियामा देखिने छन , पत्र पत्रिकाहरूमा केसहरू कम हूँदै गएको समाचार जनताले पाउने छन । बिस्तारै मानिसहरूमा त्रास कम हुनेछ, मानिसहरू बिस्तारै आउन थाल्नेछन् । बिस्तारै मानिस बाहिर निस्किन्छ, बजारमा माग बिस्तारै बढ्नेछ । बिस्तारै, विश्वास मानिसहरूमा आउन थाल्छ । बिस्तारै मानिसहरु गाउँबाट फिर्ता आउन शुरू गर्छन । तब गएर मात्र काम साँच्चै सुरू हुन्छ । कागजमा मात्र होइन काम सुरु भएको खबर देखिने । वास्तवमा, जनताको काम सुरु हुन्छ, बजार खुल्नेछ, बजार खुलेपछि अर्थव्यवस्था सुरु हुन थाल्छ ।
भदौ १७ गते बुधबारका दिन सुर्खेत बाट प्रकाशित हुने पत्रिका “साझा बिसौनी”मा मैले समाचारको शीर्षक देखें
“अब देखि लक्षण देखिए मात्रै परीक्षण”
ख़ुशी लाग्यो, कर्णाली प्रदेश सरकारले एउटा राम्रो निर्णय लिंदा । प्रदेश सरकारको यो निर्णय स्वागत योग्य छ । त्यसका लागि म कर्णाली प्रदेशका मुख्यमंत्री महेंद्र बहादुर शाहीज्यू लाई धन्यवाद दिन चाहन्छु ।