हामी सबैले बुझ्नु पर्ने सब भन्दा महत्त्वपूर्ण कुरा यो हो कि हामी किन डराई रहेका छौं ?
मिडियाले हामीलाई डराएको छ, त्यसैले हामी डराएका छौं ? वा सबै डराएका छन्, त्यसैले हामी डराएका छौं ? वा हामीसँग डराउनुपर्ने कुनै वास्तविक कारण छ ? वास्तबमा, जुन जानकारीको आधारमा हामीले सोच्ने गरेका छौं त्यो जानकारी नै पूर्ण र सही जानकारी नै होईन । यो एक अपूर्ण जानकारी हो । त्यसैले हामी डराई रहेका छौं ।
अहिले नेपालमा ९० हज़ार जनाको परिक्षण भई सकेको छ भने ३ हजार व्यक्तिहरुमा संक्रमण फेला परेको छ र ११ जनाको मृत्यु भई सकेको छ । यो परीक्षणको भूमिका के हो भनेर हामी सबैले बुझ्न महत्त्वपूर्ण छ किनभने हाम्रो डरसँग यसको गहिरो सम्बन्ध छ ।
यदि तपाईले कसैलाई सोध्नु भयो कि किन डराई रहनु भएको छ ? उसले भन्न सक्छ यस बिरामीको मृत्युदर धेरै छ । कति धेरै ? त भन्दा ३ हजार ४ सय ४८ मध्ये १३ को मृत्यु भई सक्यो रे ! यसको मतलब कति भयो त मृत्यु दर ? लगभग ०.३७७ % भयो ।
के यो साँचो हो ? पहिले यसलाई बुझ्ने प्रयास गरौं कि यो ०.३७७ प्रतिशत नै हो कि कति हो ? नेपालको जनसंख्या ३ करोड़ छ । ३ करोड़ मध्ये अहिलेसम्म ९६ हज़ार जनाको परिक्षण भई सकेको छ । जो कुल जनसंख्याको ०.३०% मात्र हुन्छ । भन्नको अर्थ अहिले सम्म देशमा १ % जनताहरुको पनि परिक्षण भई सकेको छैन । ९६ हज़ार परीक्षण मध्ये ३ हज़ार केसहरू देखिएका छन् ।
यो बिलकुल त्यस्तै हो जस्तो मानौं यदि मैले तपाईंलाई काठमाडौंमा सडक दुर्घटनाहरू कति हुन्छन भनेर सोधें भने तपाईं के भन्नुहुन्छ ? तपाईं भन्नुहुनेछ मलाई थाहा छैन । म फेरी भन्छु, “कति दुर्घटनाहरू हुन्छन पत्ता लगाउनका लागी के गर्नु हुन्छ त ?”
तपाईले सीसीटीभी क्यामेरा लगाउने आइडिया दिनुभयो, अनि हामीले काठमान्डौका १० विभिन्न ठाउँमा १० वटा सीसीटीभी क्यामेरा स्थापना गर्यौं । अब ती सीसीटीभी क्यामेराहरुले देखाउन शुरू गरे कति दुर्घटनाहरू हुन्छन् भनेर । अब एक महिना पछि म तपाईंलाई सोध्छु “काठमाडौंमा कतिवटा सड़क दुर्घटनाहरू हुन्छन् ?” तपाईले भन्नु भयो कि प्रत्येक दिन १० वटा सड़क दुर्घटना हुन्छन् । मैले सोधें “तपाईलाई कसरी थाहा भयो ?” तपाईं भन्नुभयो “ती १० क्यामराहरूको कारणले पत्ता लाग्यो, हामीसँग यसको प्रमाण छ ।”
के पूरा काठमान्डौै भरिमा १० वटा मात्रै स्थानहरू होलान त जहाँ ती क्यामेराहरू जडान गर्न सकिन्छ ? काठमान्डौं भरिमा कति सड़क दुर्घटनाहरु हूँदा रहेछन वास्तवमा यदि हामीले पत्ता लगाउनु छ भने हामीले पूरै काठमान्डौं भरिमा ठाउँ ठाउँमा सीसीटीभी क्यामेराहरु जडान गर्नु पर्ने हुन्छ । ती १० क्यामेराको आधारमा मात्र हामी वास्तविक संख्या पत्ता लगाउन सक्दैनौ । वास्तवमा त काठमाडौंमा सयौं दुर्घटनाहरू भइरहेका छन् नि । त्यसैले हाम्रो सबै गणना गलत भयो ।
तसर्थ, यसमा परीक्षणको एक विशाल भूमिका छ । मिडियाले जहिले पनि देखाउने र भन्ने गरेको हुन्छ आज संक्रमितको संख्या यति भयो, आज फलानो ठाउँमा यति जना नयाँ भेटिए, भाईरस बाट संक्रमित हुनेहरुको संख्या वृद्धि भएको छ । तर सँग सँगै यो पनि हेर्नु पर्ने कुरा हो कि परिक्षणहरु पनि बढ़ी रहेका छन ।
त्यसैले वास्तवमा मृत्यु दर कति रहेछ त्यसको गणना गर्न महत्त्वपूर्ण छ, त्यसैका आधारमा यो निर्णय लिन सकिने छ कि अब हामीले डराउनु पर्छ कि पर्दैन । हामीले कुनै पनि रोग बाट डराउनु पर्छ वा पर्दैन ? उपचार हुन्छ कि हुँदैन त्यो आधारमा होईन । किनकि उपचार त सामान्य चिसोको पनि छैन । चिसोको लागी कुनै खोप बनाइएको छैन । के हामी त्यसबाट डराउँछौं त ? डराउँदैनौ ! किन? किनभने चिसोले गर्दा धेरै मानिस मर्दैनन् । त्यसो भए सबैभन्दा पहिले कोरोनाको मृत्यु दर हेरौं त वास्तवमा कति रहेछ ?
९० हज़ार जनाको परिक्षण भई सकेको छ र ३ हजार व्यक्तिहरुमा संक्रमण फेला परेको छ भने संक्रमित हुनेहरुको औसत आयो ३.३३% । यदि हामीले ९ लाख परीक्षण गरिसकेका भए कति वटा संक्रमितहरु फेला पर्ने थिए ? लगभग ३० हज़ार । यदि ९० लाख परीक्षण गरिएको भए कतिवटा घटनाहरू थाहा हुने थिए ? ३ लाख । यदि सम्पूर्ण देशको जनसंख्या अर्थात् ३ करोड मानिसहरुको परिक्षण गरिएको हुन्थ्यो भने, संख्या आउने थियो लगभग १० लाख ।
यसको मतलब यो भयो कि आजको मिति सम्म १० लाख मानिसहरुमा संक्रमण छ वा संक्रमित भई सकेका थिए । अर्को चाखलाग्दो कुरा के छ भने कतिपय व्यक्तिहरू संक्रमित छन भने पनि त्यसमा लक्षणहरू नै देखा पर्दैनन । ८० प्रतिशत भन्दा बढीमा यसका लक्षणहरू देखा पर्दैनन । अर्थात, मलाई कोरोना सल्कियो र म आफ्नै शरीरको प्रतिरोधक क्षमता (immune system) ले गर्दा ठीक पनि भई सकें तर मलाई थाहा नै भएन । जब म मेरो शरीरको एन्टि बॉडी टेस्ट गराऊँछु र एन्टि बॉडीजहरू मेरो शरीरमा फेला पर्छन तब मात्र मलाई थाहा हुन्छ । अनि मात्र म भन्न सक्छु कि हो, मलाई पनि कोरोना थियो, तर अब ठीक भई सक्यो ।
अब गणना गरौं । यतिबेला सम्म देशका सबै नागरिकहरुको परिक्षण भई सकेको भए कति संक्रमितहरु फेला पर्ने थिए ? १० लाख । त्यसमध्ये कति जना मरे ? ११ जना । यदि १० लाख मध्ये ११ जना मरे भने मृत्यु दर (death rate) आयो ०.००११% प्रतिशत । फेरी यी सबै कोरोनाले नै गर्दा मरेका हुन भन्ने पनि प्रष्ट प्रमाण छैन, कोरोना शरीरमा देखिएको त हो तर त्यो शरीर भित्र पहिले बाट कुनै अरु बीमारी पनि बढ़ी रहेको थियो कि ? तै पनि, यो प्रतिशत भनेको सडक दुर्घटनामा हुने मृत्यु दर भन्दा धेरै कम छ ।
हेर्नुहोस :
फेडरल ब्यूरोले १० नोभेम्बर २०१९ का दिन माई रिपब्लिका भनिने एक अनलाइन समाचार पत्रमा प्रकाशित गरेको समाचारका अनुसार नेपालमा विगतका १०० दिन भित्र भएका ४ हजार ६ सय ५७ सडक दुर्घटनाहरुमा ५ सय ३८ जनाको मृत्यु भएको थियो । जसमध्ये प्रदेश नं. १ मा ८६ जना, प्रदेश नं. २ मा ११० जना, प्रदेश नं. ३ मा ७८ जना, गण्डकी प्रदेशमा ५९ जना, प्रदेश नं. ५ मा १४६ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिममा २५ जना रहेका थिए ।
तथ्यांकले देखाए अनुसार देशभरि एकै दिनमा हुने ३ हजार ८ सय ४० सडक दुर्घटनाहरुबाट कम्तिमा पनि ५ जनाको प्रत्येक दिन मृत्यु हुने गर्दछ अर्थात प्रत्येक ५ घन्टा भित्र एक व्यक्तिको मृत्यु हुने गर्छ, त्यसैले कोरोना बाट मृत्यु हुनेहरुको प्रतिशत भनेको सडक दुर्घटनामा हुने मृत्यु दर भन्दा धेरै कम छ । तर मिडियाले यो डरलाई बढाउँदै छ । सही जानकारी पेश गरिदैन । कसै सँग सही गणना (calculation) पनि छैन । यो गणना जसको हामीले माथि कुरा गर्यौं यसलाई गणितिय प्रतिमान (mathematical modelling) भनिन्छ । जसमा एउटा डेटा हेरेर त्यसलाई प्रतिमान गरी बुझ्ने गरिन्छ कि वास्तविक डेटा के रहेछ । सीमित डेटाको आधारमा निष्कर्ष निकालेर पुग्दैन । त्यसैले यदि यसको मृत्यु दर ०.००११% छ भने हामीले कति पनि डराउनु पर्ने आवश्यकता छैन ।
वास्तबमा आज हामीले कसै बाट डराउनु पर्ने आवश्यकता छ भने त्यो हो बेरोजगारी । हाम्रो देशका हजारौं युवाहरू जो विदेशमा काम गर्थे तर अब उनीहरूले आफ्नो जागिर गुमाई सकेका छन । विभिन्न देशबाट ती युवाहरू बेरोजगार भएर घर फर्केका छन् । यसको मतलब अब उनीहरूको आयको कुनै स्रोत छैन । हजारौं युवाहरु बेरोजगार हुनुको अर्थ बुझ्नुहुन्छ ? रेमिट्यान्स देशमा आउने छैन, उनीहरूको खर्च सीमित हुनेछ, जसको जागिर गई सक्यो ऊ कसरी बजारमा गएर नयाँ लुगा किन्न सक्छ ? कसरी आफ्ना बच्चाहरूको लागि खेलौना किन्न सक्छ ? यात्रा, पर्यटन र होटल व्यवसायको त फिलहाल कुरै न गरे पनि भयो । संसारमा मन्दी (recession) आई सकेको छ । र यदि यो मन्दी अझ गहिराइमा जान्छ भने यसलाई डिप्रेसन (depression) भनिन्छ । जहाँबाट एक अर्थव्यवस्था लाई बाहिर आउन ५ देखि १० बर्ष सम्म लाग्छ । देशको अर्थव्यवस्था पहिले नै खराब अवस्था मा थियो र अब यस कोरोनाले गर्दा झन खराब हूँदै गई रहेको छ । त्यसमाथि हाम्रो डरले अवस्थालाई झन बिगार्दैछ । र यो डरलाई सबैले बढाई नै रहेका छन, कसैले यसलाई घटाउने काम गरिरहेको छैन । सत्य त यो हो कि डराउनु आवश्यक छैन । किनकि मृत्यु दर एकदम कम छ ।
हामीले यो डरको अन्त्य गर्नुपर्दछ । तब मात्र वास्तविक समस्याको समाधान फेला पर्नेछ । वास्तविक समस्या कोरोना होइन । वास्तविक समस्या हो अर्थव्यवस्था ! वास्तविक समस्या हो बेरोजगारी !
यस लेखको माध्यमबाट, म नेपाल सरकारलाई नम्र सिफारिश (humble recommendation) गर्न चाहन्छु कि अब हामीले परीक्षणको गतिलाई कम गर्नुपर्दछ । परीक्षण बढाउने होइन । अहिले हामी उही गल्ती गरिरहेका छौं कि परीक्षणहरू बढिरहेका छन् जसको कारण केसहरू बढ्दै छन् र यसका कारण मानिसहरूमा डर बढिरहेको छ । सरकारले उनीहरूको मात्र परिक्षण गर्ने जसलाई अस्पतालमा भर्ना गर्नु पर्ने आवश्यकता हुन्छ । सानो लक्षण भएकाहरू आफै स्वस्थ भैरहेका छन, उनीहरूलाई जाँच गर्नु पर्ने आवश्यकता के छ र ? त्यसले त त्रास झन बढ्नेछ । यदि उनिहरुको परीक्षण गरे पनि, अस्पतालमा भर्ना त गर्ने होइन ! घरमा नै क्वारेन्टाइन न गर्ने हो !
फेरी यो क्वारेन्टाइनको विधि पनि सानो हुँदा मात्र काम गर्दछ, तर करोडौंमा पुग्दा यसले पनि काम गर्न सक्दैन । एउटा उदाहरण बाट यसलाई व्याख्या गर्ने प्रयास गरौं । मानौं यस्तो अवस्था छ कि हामी एउटा घरमा छौं र चारै तिरबाट बाढी आयो, कल्पना गर्नुहोस् कि घरमा हजारौं ढोकाहरु छन । अब हामीले के गर्ने त ? एउटा ढोका लाई थुनेर त्यसलाई पक्का गर्दै जान्छौं ताकि भित्र पानी न आओस । यसलाई भनिन्छ क्वारेन्टाईन । अरु हज़ारों ढोकाहरू खुला नै छन ।
नेपालको जनसंख्या ३ करोड छ । हालसम्म कतिवटा परीक्षणहरू भइसकेका छन् ? ९० हज़ार । एक दिनमा कति परिक्षण भइरहेका छन् ? मानौं २ हज़ार । एक महीनामा ? ६० हज़ार । एक वर्षमा कति हुने भए? ८ लाख । यदि देशभरीका सबै नागरिकहरु (३ करोड़) को परीक्षण गर्नु पर्यो भने कति समय लाग्ने भयो ? ३७ वर्ष । यदि परीक्षणको गति दुई गुना गर्यौं भने पनि १८-१९ वर्ष लाग्ने छ ।
जब हामी स्पष्ट रूपमा देख्छौं कि हामी सबैलाई परीक्षण गर्न सक्दैनौं, तब हामी किन परीक्षण बढाउँदै गईरहेका छौं ? या त सबैलाई परिक्षण गरौं र ती सबै संक्रमित संख्याहरूलाई क्वारेन्टाईन गरौं । यो उस्तै हुनेछ जुन मैले माथि एउटा घरको बारेमा उदाहरण दिएँ । कि त चारै तिर बाट त्यो घर को रक्षा गरौं । घरका हजारौं ढोकाहरुमध्ये एउटा मात्र बन्द नगरेर सबै ढोका बन्द गर्नु पर्यो, तब हामी भन्न सक्छौं कि अब पानी भित्र आउँदैन । हामीले देशका सबै ३ करोड जनताको परीक्षण गरी सकेका छौं र त्यसमध्ये १० लाख केसहरु बाहिर आइसकेका छन् र हामीले सबै १० लाख मानिसहरूलाई क्वारेन्टाईन गरेका छौं । अब यो फैलिने छैन । अब यो १० लाखबाट १५ लाख सम्म जान सक्दैन ।
तर हामीले परीक्षण नै ९० हजार मात्र गरेका छौं जसमध्ये ३ हजार केस आएका छन् र यदि हामीले यी ३ हजार व्यक्तिहरुलाई क्वारेन्टाईन गर्यौं भने पनि अरू लाखौं मानिसहरु त बाहिर घूमी नै रहेका छन, होइन र ? अब हामीले बुझ्नु पर्छ कि यसलाई रोक्ने कुनै उपाय छैन ।
हो, ठीक छ ! सावधानी अपनाउनुहोस्, सुरक्षा उपायहरू लिनुहोस् । सामाजिक दूरी कायम गर्नुहोस्, तर डराउनुपर्दैन । किनभने यसको मृत्यु दर एकदम कम छ । यो जानकारी अब मानिसहरूलाई थाहा पाउनु पर्छ । यसको समय आई सकेको छ । यदि यो जानकारी जनताहरू माँझ पुगेन भने अर्थव्यवस्थाको समस्या समाधान हुनेवाला छैन । आत्मविश्वास समाप्त भएको छ जनताहरुको । हामीले पहिले वास्तविकता बुझ्नु पर्छ । सरकारले उद्योग खोल्ने कुरा गरिरहेको छ, निर्माण कार्य पुनः प्रारम्भ गर्ने कुरा गरिरहेको छ । २-४ दिनमा अनुमति पनि दिन्छ होला सरकारले । तर मजदुरहरु कहाँबाट ल्याउनु हुन्छ ? मजदुरहरू सबै आफ्नो गाउँमा गइसकेका छन्, कसले निर्माण गर्छ ? मिडियामा दैनिक केसहरू बढ्दै गएको खबर हेरेर के फिर्ता आऊँछन तिनिहरू ? कोही आउँदैन । अब देखि मीडियामा के देखाउनु पर्यो भने – “कोरोनाको समस्या समाधान हूँदैछ । केसहरू विस्तारै कम हूँदै गई रहेका छन ।”
मानिसहरुको भित्र बसीसकेको डर बाहिर आऊन ज़रूरी छ ।
सारांशमा भन्ने हो भने परिक्षण बिस्तारै कम गर्नु पर्छ, बढाउनु हुँदैन । यदि एक दिनमा ३ हजार परिक्षणहरु हुन्छन भने एक्कासी २ हज़ार गर्ने भन्न खोजेको होइन । परिक्षणहरु विस्तारै कम गर्दै जाने हो, बढाउने होइन । आज ३ हजार परीक्षणहरू हुन्छन् भने भोली २ हजार ८ सय गर्ने, त्यसपछि २ हजार ६ सय गर्ने, यसरी कम गर्दै जाने । यसले के हुन्छ ? केसहरु मिडियामा देखिने छन , पत्र पत्रिकाहरूमा केसहरू कम हूँदै गएको समाचार जनताले पाउने छन । बिस्तारै मानिसहरूमा त्रास कम हुनेछ, मानिसहरू बिस्तारै आउन थाल्नेछन् । बिस्तारै मानिस बाहिर निस्किन्छ, बजारमा माग बिस्तारै बढ्नेछ । बिस्तारै, विश्वास मानिसहरूमा आउन थाल्छ । बिस्तारै मानिसहरु गाउँबाट फिर्ता आउन शुरू गर्छन । तब गएर मात्र काम साँच्चै सुरू हुन्छ । कागजमा मात्र होइन काम सुरु भएको खबर देखिने । वास्तवमा, जनताको काम सुरु हुन्छ, बजार खुल्नेछ, बजार खुलेपछि अर्थव्यवस्था सुरु हुन थाल्छ ।
यो त्यस्तै हो, मानौं २ महीनाको लागि कार ग्यारेजमा बन्द गरेर राख्नु भयो, के हुन्छ ? ब्याट्री सिद्धिन्छ । त्यस समयमा कारलाई धकेल्नु पर्ने हुन्छ, त्यस्तै प्रकारले अहिले अर्थव्यवस्थालाई पनि एउटा धक्का चाहिन्छ । अब डराउनु हुँदैन । यो डरको अन्त्य हुनुपर्दछ । कोरोनाले त्यति ज्यान लिएको छैन होला जति यसको डरले लिने छ । त्यसैले वास्तवमा अब यो डरलाई अन्त्य गर्ने समय आइसकेको छ । अब हामी सबैले एकसाथ सोच्नु पर्छ कि कसरी डरलाई कम गर्ने वा हटाउने, र कसरी जनताको विश्वास फिर्ता ल्याउने ?
(लेखक कर्णाली प्रदेश, दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ८ तिलेपाटा, स्थायी बसोबास भई हाल बीरेन्द्रनगर सुर्खेतमा व्यवसायी तथा समाजसेवीको रुपमा क्रियाशील हुनुहुन्छ । उहाँ केटीएम दैनिकको नियमित स्तम्भकार हुनुहुन्छ । )
केटीएम दैनिकमा प्रकाशित भएका दीपबहादुर बडुवालका अरु लेखहरु पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्