![आइपिएल टिम चेन्नई सुपरकिंग्सका १३ जनामा कोरोना संक्रमण पुष्टि](https://ktmdainik.com/wp-content/uploads/2020/08/CSK.jpg)
आइपिएल टिम चेन्नई सुपरकिंग्सका तेह्र जनामा कोरोना भाइरसको संक्रमण भएको छ।
कोरोना संक्रमित मध्ये एकजना मात्रै क्रिकेट खेलाडी र बाँकी १२ जना सपोर्ट स्टाफ भएको भारतीय सञ्चारमाध्यम इन्डिया टूडेले जनाएको छ ।
संक्रमित खेलाडी फास्ट बलर भएको बताइएको तर उनको उनको नाम भने सार्वजनिक भएको छैन ।
बिहीबार गरिएको टेस्टमा उनीहरुमा कोरोना संक्रमण भएको हो। आइपिएलको कोभिड-१९ प्रोटोकल अनुसार सबै जना युएई पुग्ने बित्तिकै एयरपोर्टमा कोरोनाको परीक्षण गर्नु पर्छ।
त्यहाँ पुगेको पहिलो, तेस्रो र पाँचौ दिनमा टेस्ट गर्ने नियम छ। यस्तै ६ दिन टिम होटलमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्नेछ।