बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको २ महिना भन्दा बढी भइसकेको छ । उनका बारेमा दिनानुदिन नयाँ नयाँ रहस्यहरु बाहिर आइरहेको छन् ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ त्मह त्या प्रकरण सीबीआइले जाँच गरिरहेको छ । सीबिआईले सुशान्तको बारेमा बयान लिएर उनको फ्ल्याटको आवश्यक सामाग्री पनि नियन्त्रणमा लिएको छ । अनुसन्धानको लागि सीबीआईले सुशान्तको घर पनि निगरानीमा राखेका छन् ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दाको वरिपरी सबैभन्दा धेरै घेरिएकीछिन् ।
उनलाई सुशान्तको पैसा खाएको आरोप लागेको छ । तर उनले त्यो कुरालाई ठाडै अस्विकार गर्दै आएकी छिन् । भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिदै उनले भनिन् , मैले सुशान्तको पैसा खर्च गरेकै छैन, उ आफै फुर्मासी थियो, साथीहरुको लागि धेरै खर्च गर्थ्यो, थाइल्याण्ड टुरका क्रममा सुशान्तले ७० लाख खर्च गरेर प्राइभेट जेट बुक गरेको थियो । सुशान्त स्टारको जीवन बाँचिरहेका थियो जस्लाई मैले रोक्न चाहिन । ”
‘सन. २०१९ को अक्टुबर महिनामा हामी यूरोप टुरमा गएका थियौं । फ्लाइटमा बस्नु अगाडि सुशान्तले निन्द्राको औषधी लिएका थिए । डाक्टरको सल्लाहविना उनले औषधी लिएका थिए र उनी फ्लाइटमा निकै डराएका थिए । पेरिस पुगेपछि उनी ३ दिनसम्म आफ्नो कोठाबाट बाहिर निस्किएनन् ।’ उनले भनिन्न ।