काठमाडौं उपत्यकामा तीन जिल्लामा प्रशासनले जारी गरेको निषेधाज्ञाको आज छैटौं दिन हो । मुख्य सडकमा चहलपहल सुनसान भएतापनि भित्रि सडक र गल्लिहरुमा भने मानिसहरुको आवातजावात र पसलहरु खुल्ला छन् भन्ने गुनासोपछि आज हामीले भक्तपुरको कमलबिनायकदेखि काठमाडौंको डिल्लीबजारसम्मका केही भित्री र मुख्य सडकको अवस्था तपाईहरुलाई देखाउन गैरहेका छौं ।
हाम्रो यात्रा भक्तपुरको कौशलटारबाट सुरु भइ कमलबिनायक हुँदै पुन: सोही बाटो फर्किएर डिल्लीबजारसम्म आएर टुंगिएको छ ।
सूर्यविनायक तीनकुने सडकखण्डकको ८ लेनका केही स्थानहरुमा ट्राफिक र जनपथ प्रहरीहरु तैनाथ भएतापनि उनीहरुले सडकमा चलेका सवारी साधनहरुलाई निवार्ध रुपमा छाडेको देखिन्थ्यो । तीनकुने देखि अगाडी बढ्दा राधे राधे अगाडी रहेको सल्लाघारीमा केही मोटरसाइकलहरु होल्ड गरेर राखिएको थियो भने त्यहाँ रहेकी एक ट्राफिक महिलालाई केही सवारी साधनलाई सोधपुछ गरेको देखियो भने अन्य स्थानमा कतै रोकतोक छैन ।
भक्तपुरको वडा नम्बर १० वडा कार्यालय बसेको भवनको भुइतलामा २ वटा फार्मेसी पसल रहेछ । त्यहाँ मानिसहरुको भिड निकै थियो । त्यसको २० मिटर पर चेकिङ्गमा रहेका प्रहरीहरु भने त्यो भिड देखे नदेखे गरिरहेका थिए ।
भित्रि सडकहरुमा मानिसहरुको चहलपहल अरु दिन र निषेधाज्ञाको समयमा खासै फरक देखिदैन । भित्री गल्लीहरुमा रहेका पसलहरु निर्वाध रुपमा खुलेका छन् भने मानिसहरुको आवातजावतमा पनि कुनै रोकतोक गरिएको छ ।
तर मुख्य सडकहरुमा पनि एकदमै कम मात्रामा सवारी साधनहरु गुडेको देखिन्छ । काठमाडौं डिल्लिबजारको चारखाल चोकमा रहेका सब्जी पसलमा मानिसहरुको भीड अत्यन्तै बढी थियो । त्यस्तै घट्टेकुलो मैतिदेवी एरियाका भित्रि सडकहरुमा पनि मानिसहरुको भीड बढी देखिएको छ ।
हेरौं केही तस्विरहरु