सुशान्त सिंह राजपुतको निधनको आज दुई महिना पुगेको छ । उनको निधन भएको दुई महिना बितिसक्दा पनि उनको निधनको कारण बाहिर आउन सकेको छैन ।
भारतीय मिडियाहरुले बिभिन्न कुराहरु बताउँदै आएका छन् जुन दिन प्रतिदिन रहस्यमय बन्दै गएको छ । सुशान्तको परिवारले सीबीआइको माग गरिरहेका छन् । जस्लाई अंकिता लोखण्डे कृति सोननलगायतले साथ दिइरहेका छन् ।
सुशान्तको बुबाले पैसा गायब पारेको आरोप लगाएर मुद्धा दायर गरेपछि सुशान्तको गर्लफेन्ड रिहा चक्रावती बेलाबेलामा हराएको समाचार आउने गरेको छ ।
भारतीय युट्युव च्यानल स्मोकी इभिनिङ्ले रिहा सलमानको घरमा आश्रय लिएको बसेको बताएको छ । भारतीय मिडियालाई उद्दित गर्दै उक्त्त मिडियाले उनलाई सलमानले आश्रय दिइरहेको बताएको छ । जुन सुनेपछि सलमानको फ्यानहरु भड्किएका छन् । सुशान्तको निधनपछि सलमानले केही पनि बोलेका छैन्न । सलमानको घरमा उनको धेरै मिल्ने साथी सोहिभ लोहियाको गाडी देखिने गरेको छ । जस्मा रिहा चक्रावती हुने गरेको बताईन्छ ।