नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले काभ्रे धुलिखेल बस्ने ऋचासंग जिल्ला अदालत धुलिखेलमा कानुनी रुपमा विवाह गरेका हुन् ।
दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाको नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वौच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रहोवरमा दर्ता विवाह भएको हो।
ऋचा मोडल हुन्। पछिल्लो समय के माया लाग्छ र गीतको टिकटक भिडियोमा निशान र ऋचा सँगै देखिएका थिए।
पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।
झापाको सुरुङ्गामा जन्मिएका निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनअप भएपछि देशविदेशमा चर्चा बटुलेका थिए । उनले विश्वका विभिन्न देशहरुमा आफ्नो सांङ्गेतिक प्रस्तुती दिइसकेका छन् ।
नेपाल आइडलमा आउनुभन्दा अगाडी भट्टराईले होटलहरुमा गीत गाउने काम गर्दथे ।