
आज बिहान म अलि अध्यात्मिक भएँ, र मैले मेरा आँखा बन्द गरेर सोच्न थालें :
१. म को हुँ ?
२. कहाँबाट आएको हूँ ?
३. किन आएको हुँ?
४. कहाँ जानलाई आएको हूँ ?
त्यसपछि भान्सा बाट श्रीमतीजी को आवाज आयो:
१. एक नंबरको अल्छी हौ ।
२. अरु कुनै ग्रह बाट आएका हौ ।
३. मेरो जीवन बिगार्न आएका हौ ।
४. नुहाउन जाऊ छिटो ।
सोचेको कुरा पनि थाहा पाउने प्राणीसँग “पंगा” नलिने निर्णय गरेर म आफ्नो बाटो हिंडी हालें ।
कसैको भावनामा ठेस पुर्याउन वा कसैको चरित्रहत्या गर्ने उद्धेश्यले लेखेको हैन । लेखकले यो भन्दा अगाडी मेरी शिक्षिका प्रेरक कथा : काठको कचौरा हजुरआमा र एक प्लेट म:म लगायतका प्रेरणादायी कथाहरु लेखिसकेका छन् ।