
विश्वमा कोरोना ( कोभिड – १९ ) देखिएको ७ महिना भयो र नेपालमा ५ महिना । ५ महिनाको अवधिमा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार नाघिसकेको छ । सुरुमा दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या गनेर बसिन्थ्यो भने अहिले मृत्यु सङ्ख्या गन्नुपर्ने विडम्बना छ । २ हप्ता कोलागि सुरु भएको लक डाउन थपिदा थपिदा ४ महिना भोग्नुपर्यो । साचिकै अत्यासलाग्दो थियो अवस्था ।
तर अहिले लक डाउन खुलेको महिना दिन नपुग्दै फेरी कडाइ हुन् थालेको छ । लक डाउन खुलेपछि सङ्क्रमितको सङ्ख्या बढ्छ भन्ने पहिल्यै थाहा थियो । लक डाउन खुल्यो – अहिले धामधाम सङ्क्रमित बढिरहेका छन् । त्यो कुनै अप्रत्याशित नै हैन । त्यो ४ महिनाको लक डाउन भोलि आइपर्ने जटिल अवस्थामा जुध्न तयारीको लागि लागि थियो । त्यो समयमा पर्याप्त अस्थायी अस्पताल तयार गरिनु पर्थ्यो , धेरैको परीक्षण हुनुपर्थ्यो । त्यो केही पनि भएँन । अस्थायी अस्पताल त परको कुरा – भएका सबै अस्पताल पनि अहिलेसम्म कोरोना सङ्क्रमितको उपचार गर्ने तयार छैनन् । चितवनमा तामझामका साथ करोडौँ खर्च गरिएर खोलिएको एउटा अस्थायी कोरोना अस्पताल पनि एक जनाको उपचार नगरी बन्द भयो ।
४ महिना लक डाउन हुँदा राहतको नाममा कुहिएको चामल बढ्ने काम भयो , नबिकेर विश्वमा थन्किएको कवाडी स्वास्थ्य सामग्री महँगोमा किनिदिएर स्टक सकिदिने काम भयो । क्वारेनटाइनको निर्माणको नाममा अर्बौ सक्ने काम भयो । जुन अहिले बिरामी राख्न योग्य नै छैनन् । तर त्यतिका समय लक डाउन हुँदा सुन्य तयारि गरेर अहिले संक्रमणको दर बढ्न थालेपछि फेरी कतिपय स्थानीय निकायहरुले धामाधम १५ दिने लक डाउन गर्न सुरु गरेका छन् । भने देश पुरा लक डाउन गर्न स्थानीय तह र प्रदेश सरकारले लविंग गरिरहेका छन् ।
अहिले धामाधम लक डाउन गरिएका स्थानीय निकायलाई मेरो प्रश्न । १५ दिन लक डाउन गरेरे के गर्ने ? १५ दिनमा कोरोना झ्याप्प समात्ने हो ? बुहानमा जसरी १५ दिनमा सबै नागरिकको कोरोना परीक्षण गर्ने हो ? १५ दिनमा पर्याप्त मात्रमा अस्थायी अस्पताल बनाउने र आइसीयु , भेन्टिलेतरको व्यवस्था गर्ने हो ? १५ दिनमा अनमी तहको देखिका स्वास्थ्य कर्मीलाई तालिम दिएर कोरोना सङ्क्रमितको उपचार गर्ने सक्षम बनाउने हो ? १५ दिनमा सङ्क्रमितको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट जाचँ गरिसक्ने हो ? हैन भने अब १५ दिन लक डाउनको औचित्य के ?
यी माथिका कुरा व्यवस्थापन गर्नका लागि स्थानीय तह र प्रदेश सरकार नै सक्षम थिएँ । अर्बौ बजेट असारे र डोजर विकासमा सुहा पार्दा कोभिडको लागि लड्न पर्याप्त तयारि पहिलाको लक डाउनमा नै गर्न सकिन्थ्यो । केही भेन्टिलेटर सहित हरेक स्थानिय निकायले अस्थायी उपचार केन्द बनाउन कुनै महाभारत थिएँन । यतिबेलासम्म हरेक जिल्लामा परीक्षण गर्ने व्यवस्था गर्न सकिन्थ्यो । त्यतिका समय समय सुतेर बस्ने । कोरोनाको अर्बौ बजेट बेकामे शिर्षकमा खर्च गरेर सक्ने । अनि फेरी सिधै लक डाउन ? कति सजिलो । त्यसैले १५ दिनमा झ्याप कोरोना समात्न नसक्ने हो भने १५ दिने लक डाउनको औचित्य के ?
सिन्धुली निवसी भुबन थापा समसामयिक विषयमा ब्लग लेख्न रुचाउँछन्