प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्।
भाद्रकृष्ण अष्टमीको रातको १२ बजे मथुरा सहरको झ्यालखानामा वासुदेवकी पत्नी देवकीको गर्भबाट सोह्रकला सम्पन्न भगवान श्रीकृष्णको अवतार (जन्म) भएको थियो।
अर्धरात्रिको समय जब अज्ञानरुपि अन्धकारको विनाश र ज्ञानरुपी चन्द्रमाको उदय भइरहेको थियो त्यस समय देवरुपिणी देवकीको गर्भबाट सबैको अन्त:करणमा विराजमान पुराणपुरुषोक्तम व्यापक परब्रह्म विश्वभर प्रभु भगवान श्रीकृष्ण प्रकट हुनुभएको हो।
श्रीमद्भभगवद् गीताको १८ अध्याय जस्ले जीवन जिउने प्रेरणा दिनेछ (भाग २ )
‘श्री’भनेको जलमा थलमा सारा ब्रह्माण्ड मा स्थित रहेको मानिएको हो र ‘कृष्ण’ भनेको सूर्य, चन्द्र, तारा, बत्ति कुनै चिजको उज्यालो नहुँदा जताततै निराकार आफै कालो प्रर्कट भई जसले हेर्दा पनि केही देख्न नसकिने हो र कसै-कसैले छकाउँछु भनेर जति-जति कुना खोजेर गयो उति उति गाढा कालो प्रकट हुँदै जान्छ तैपनि अज्ञानी व्यक्ति केही देख्दैन। यसरी ईश्वरले विषयमा धकेलिदिन्छ त्यही कालो सर्वव्यापी हुनाले ‘श्रीकृष्ण ‘भनिएको हो।
अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ।
यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
श्रीमद्भभगवद् गीताको १८ अध्याय जस्ले जीवन जिउने प्रेरणा दिनेछ
श्रीकृष्ण दयाका सागर हुनुहुन्छ । उहाँ ब्रह्मरुपमा सत्य, त्रेता, द्वापर,कलि चारै युगमा सबै जीवसँग विराजमान हुनुहुन्छ। तर जसलाई दु:ख आइपरेको छ दु:खीको सामिप्यमा ज्यादा स्नेहका साथ रहनुहुन्छ।
महाभारतको युद्धमा अर्जुनलाई निमित्त बनाएर भगवान श्रीकृष्णको मुखारविन्दुबाट निक्लिएको श्रीमद् भागवत् गीता विश्वको महान धर्मग्रन्थ भएको छ। गीताको ज्ञान एकपक्षीय होइन। कर्मयोग,ज्ञानयोग,सन्यासयोग तथा भक्तियोगको अनेकता गीतामा समन्वयात्मक एकता पाइन्छ। परमात्मालाई जान्नु ज्ञान हो भने उहाँलाई प्राप्त गर्ने कर्म गर्नु भक्ति हो। श्रीमद् भगवद् गीताले कर्तव्य कर्मको लागि आदेश दिन्छ। आजको मानव समाज भने कर्तव्य बाहेक अधिकारलाई महत्त्व दिन्छन्। राम्ररी अध्ययन गर्ने हो भने अधिकार पाउनका लागि सबै लालायित रहन्छन् ।तर गीताले यो बताउँछ- कर्तव्य कर्म गर अधिकार र फलको आशा छोडिदेउ जुनदिन मानिस कर्तव्य कर्मलाई महत्व दिन थाल्दछन् त्यसैदिन सत्ता र सम्पत्तिको संघर्ष समाप्त हुन्छ।
यस्तै भगवान श्रीकृष्ण का मुखारविन्दुबाट भनिएका विभिन्न महान वाणिहरु श्रीमद् भागवत् गीतामा लेखिएका छन् र ती महान वाणिहरु मैले पहिले नै विभिन्न लेखहरूमा लेखिसकेको छु र मैले श्रीमद्भभगवद् गीताका १८ अध्याय ( नेपाली र संस्कृतमा ) अनि त्यसको तात्पर्य एकपटक होइन तीन पटकसम्म पढेर त्यसको संक्षेपि करण पहिले नै बिभिन्न लेखहरुमा पनि गरिसकेको छु।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।