करिब तीन महिनाको लामो लकडाउनमा मैले श्रीमद्भभगवद् गीताका १८ अध्याय ( नेपाली र संस्कृतमा ) अनि त्यसको तात्पर्य एकपटक होइन तीन पटकसम्म पढ्ने मौका पाए।
हुन त म इन्जिनियरिङको विद्यार्थी हो त्यही पनि भगवत गीता पढ्न सारै रुचि लाग्यो। गीतालाई म भन्दा विद्वानले पनि धेरै राम्रोसँग व्याख्या गरेका छन् तैपनि मैले पढिसकेपछि छोटकरीमा श्रीमद्भभगवद् गीता के- कस्तो हो,केका लागि पढ्ने, यो पढेर हाम्ले के ज्ञान हासिल गर्न सक्छौं?
भन्ने जस्ता विभिन्न मैले बुझेको र पढेको कुरा संक्षिप्तमा राख्ने प्रयास गरेको छु । गीतालाई जति सम्झेर बुझे पनि कम नै हुन्छ तैपनि म यस लेखमा मैले बुझेको र जानेको ज्ञान व्यक्त गर्ने छु ।
श्रीमद्भभगवद् गीता अनुमानत आज भन्दा लगभग ५ हजार बर्ष पहिला अर्थात् कलियुगको आरम्भमा महाभारतको कुरुक्षेत्र नामक यु-द्धभूमिमा श्रीकृष्ण भगवानले गीताको उपदेश अर्जुनलाई दिएका थिए त्यसै उपदेशलाई श्रीमद्भभगवद् गीताका रुपमा परिचित मानिन्छ। “भगवद् को मतलब भगवान र गीताको मतलब गीत अर्थात् यस्तो गीत जो स्वयं भगवानले आफ्नै मुखबाट गाएको भन्ने बुझिन्छ।”
यसमा कर्मयोग, ध्यानयोग, भक्तियोग, दिव्यज्ञान ,परमज्ञान, परमगोपनीयता ज्ञान एवंम योगविधिहरू जस्ता १८ अध्याय र ७०० श्लोक क्रम अनुसार सुन्दर तरिकाले वर्णन गरेको पाइन्छ।
श्रीमद्भभगवद् गीता एक किताब वा धार्मिक ग्रन्थ मात्र होइन यसमा त यस्तो ज्ञान पाइन्छ कि जुन यो पृथ्वीमा जस्तोसुकै मनुष्यले जन्म लिएर आउँछन् तिनीहरुलाई यो सिकाउँछ कि यो दुनियाँमा आफ्ना सपनाहरु कसरी पुरा गर्ने , आफ्नो व्यक्तित्व कसरी बनाउने, सकरात्मक उर्जा कहाँबाट ल्याउने, खुशी के हो?
जतिसुकै ठूलो समस्याको समाधान कसरी गर्ने? राम्रो एवंम न्यायिक निर्णय कसरी लिने? बिछो-डपन बाट कसरी बाहिर निस्कने? भावनात्मक स्थिर कसरी हुने? कुनैपनि व्यापार- व्यवसायमा कसरी प्रगति गर्ने?मेहनत कसरी गर्ने? हामी के हौ अनि को हौ?जीन्दगी जीउने सही तरिका के हो?म-रे-पछि हामीसँग के हुन्छ ?
यो ब्रह्माण्ड कसरी बन्यो?के भगवान छन्? यदि छन् भने कहाँ छन् ?के हामी पुनर्जन्म लिन्छौं? यो जीवन सत्य हो या एक काल्पनिक( सपना) या एक elution हो ? हामी हाम्रो लक्ष्य सम्म कसरी पुग्ने ? जिवनमा प्रगति कसरी गर्ने भन्ने जस्ता विभिन्न प्रशन्नको उत्तर(अर्थात् ज्ञान) यस श्रीमद्भभगवद् गीतामा पाइन्छ।
संक्षिप्तमा यस श्रीमद्भभगवद् गीताबाट के- कस्ता ज्ञान हासिल गर्न सकिन्छ:
श्रीमद भगवत गीता रूपि यो अमृतमय दूधपान गर्ने जति सबै विद्वान तथा शुद्ध भक्तहरु हुन्।
शरीरको स्थिति अनुकूल रहेर काम गर्नुपर्छ । छिटो कुद्ने मोटरकार मा बसेको व्यक्ति ढिलो कुद्ने मोटरमा बसेको व्यक्ति भन्दा छिटो हिँड्छ, यधपि जीवअर्थात् चालक एउटै किन नहोस्।
तिमीलाई जे गर्न मन लाग्छ त्यही गर।
तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ,त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।
एउटा हरियो रङको चरा हरियो रुखमा रुखसँग एक हुन भनेर होइन रुखको फल खान भनेर त्यहाँ प्रवेश गर्दछ।
जीवनको अन्त्यमा जे-जस्तो भावको स्मरण गर्दै मानिसले शरीर त्यागदछ आगामी जन्ममा उसले ठीक त्यही भाव अनुसारको शरीर उसले प्राप्त गर्दछ।
किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मा-र्छ ?आत्मा न जन्म लिन्छ न मर्छ ।
जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर वर्तमान चलिरहेको छ ।
परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी द-रिद्र बन्दछौ ।
निरन्तर नदीहरू प्रवेश गरिरहँदा पनि र सर्वदा भरिभराउ रहँदा पनि समुद्र शान्त नै देखिन्छ।
संसारमा माथि तिर फेद र तलतिर हागा भएको यस किसिमको रुख अहिलेसम्म कसैले देखेको छैन वास्तवमा कुरा(यो संसार) त्यस्तै छ।
कुनै कुरा कृष्णको शक्तिमा आधारित छैन भन्नु नै माया हो अर्थात माया त्यो हो, जो छँदै छैन।
जसरी रूखका जरामा पानी दिनाले त्यसका हाँगाविंगा र पातहरु सन्तुष्ट हुन्छन् र जसरी पेटमा खानेकुराको आपूर्ति गर्नाले शरीरका सबै अङ्गप्रत्यङ्ग तथा इन्द्रियहरू तृप्त हुन्छन् त्यसैगरी भगवानका दिव्य सेवामा संलग्न हुदा सबै देवताहरु र जीवा-त्माहरु स्वतः प्रसन्न हुन्छन्।
जसरी सूर्यको प्रकाश सारा संसारभरि फैलिएको छ त्यसैगरी भगवानको शक्ति पनि सम्पूर्ण सृष्टिभरी फैलिएको छ र प्रत्येक बस्तु भगवानको शक्तिमै आश्रित छ।
मन्दिरमा स्थापना गरिएको भगवानको मूर्तिलाई मात्र विशेष ध्यान दिने तर अन्य प्राणीहरुलाई भने हेला गर्ने नवदीक्षित भक्तले मन्दिरमा गएर भगवानका विग्रहको पुजा गर्नु अर्थहीन हुन्छ।
एकादशी,भगवानको अविर्भाव दिबस (जन्मष्टमी) आदि निश्चित दिनहरुमा उपवास बस्नु राम्रो हुन्छ।
सम्पूर्ण यज्ञहरूको भोक्ता श्रीकृष्ण नै हुनुहुन्छ किनभने श्रीकृष्ण नै परमस्वामी हुनुहुन्छ।
यो संसारमा मानिस चाहे जतिसुकै सानो परोपकारी किन नहोस्,आफ्ना बालबच्चा प्रती उसको विशेष अभिरुचि नै हुन्छ।
जब सुनको औंठीमा हिराको पत्थर जोडिन्छ,अति राम्रो देखिन्छ।
श्रीकृष्णको शरणमा आउने चाहे तिनीहरुको तल्ल कुलमा जन्मिएका स्त्रि हुन्,वै-श्य हुन् वा शू-द्र हुन् ती सबैले परमधाम प्राप्त गर्दछन्।
सबैभन्दा अधम चाण्डाल (कुकुरको मासुखाने) कोटीका मानिसहरु पनि शुद्ध श्रीमद्भभगवद् गीताका भक्तहरूको सन्त (ज्ञान) पाएर पवित्र हुन सक्दछन्।
गुरुले दिने निर्देशन पनि प्रत्यक्ष रुपले भगवानकै निर्देशन हो। गुरुले,सन्तले र शास्त्रले दिने निर्देशन उस्तै प्रकारका हुन्छन् । यी तीन स्रोतहरूमा कुनै विरोधाभास रहँदैन।
मानिसले आफ्नो आयआर्जनको ५० प्रतिशत अंश कुनै पुण्य कार्यमा लगाउनु पर्दछ अर्थात् दान गर्नुपर्छ।
श्रीकृष्णले स्वयं सामवेदका ऋचाहरुमा म बृहत्साम हुँ, कविताहरुमा म गायत्री मन्त्र हुँ,महिनाहरुमा पबित्र मार्ग महिना हुँ र ऋतुहरुमा म फूलहरु फलाउने बसन्त ऋतु हुँ भन्नुभएको छ।
मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवानमा अर्पित हौ ।यही नै सबभन्दा ठूलो सहारा हो ।
जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शो-कबाट सधैंका लागि मुक्त हुन्छ । मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ।
“हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम राम राम हरे हरे यो महामन्त्रको जतिखेर पनि जप अर्थात् किर्तन गर्नुपर्दछ।”
साशस्त्रको आज्ञापालन गर्नु र भगवानलाई आदर-सम्मान गर्नु प्रत्यक सभ्य मानिसको कर्तव्य हो।
तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ।
यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।
( ✍️लेखक एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग तेस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन् ) भाग २ भोली प्रकाशन गरिनेछ ।