
एजेन्सी । अभिनेता सञ्जय दत्त लीलावटी अस्पतालबाट सोमबार डिस्चार्ज भएर घर फर्किएका छन् । छाती र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालमा (इन्टेन्सिभ केयर) मा राखेर उपचार गरिएको थियो ।
अक्सिजनको स्तरमा कमी आएका कारण उनलाई अस्पतालमै राखी उपचार गरिएको थियो । सञ्जयको उपचार गरिरहेका डा. जलिल पारकरले सञ्जयको अक्सिजनस्तर नरमल भएको जानकारी दिएका छन् । जसपश्चात उनलाई डिस्चार्ज गरिएको डा.पारकरले पुष्टि गरेका हुन् ।

सञ्जयलाई अस्पताल लग्ने वितिकै कोरोनाको शंकामा परिक्षण पनि गराइएको थियो । तर कोरोना रिर्पोट नेगेटिभ आएको हो ।