राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ ।
गीतकार प्रमिला बस्नेतको शब्द ,नेपालका चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको यो गीत धनु ज्ञाङ्मीले संगीत दिएका छन ।
गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ मेगराज मगरातीको क्यामेरा ,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन्।
गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमिला बस्नेतकोको युट्युब च्यानल मार्फत सार्वजनिक गरोएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका आइसीसी मेम्बर समेत रहेकी गीतकार बस्नेतले गीत मार्फत समृद्ध नेपाल बनाउनका लागि देश बिदेशमा रहेका सबै नेपाली एकजुट भएर नेपाल राष्ट्र निर्माणमा जुट्न अपिल गरेको छिन् । उनको गीत प्रेम गरौ लाइ पनि दर्शकले मन पराएका थिए।