
मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उनकी प्रेमिका रेहा चक्रवर्ती आलोचनाको पात्र बनेकी छिन् । यहि विचमा रेहाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा रेहाले आफुलाई गुण्डी भएको समेत उल्लेख गरेकी छिन् ।
भिडियोमा रहोले भनेकी छिन् ‘म मेरो प्रेमीलाई औंलामा नचाउन सक्छु । यदि कसैले आफुलाई गुण्डा सम्झन्छ भने म त्यो भन्दा ठूलो गुण्डी हुँ ।’ यो भिडियो कति पुरानो हो । प्रष्ट भएको छैन ।
यी हुन् सुशान्तले साईन गरेर हात बाट गुमाएका ६ फिल्म, जुन सुपरिहट बने
सुशान्तको निधनपछि धेरै कुराहरु बाहिर आउन थालेको छ । विशेष गरी नेपोटिजमलाई लिएर बलिउडमा बिवाद चर्किएको छ । सुशान्तको बुवाले रिहा चक्रावती बिरुद्ध अदालतमा एफआइएर दर्ता गराएपछि त झन बलिउडमा हलचल नै मच्चिएको छ । केटीएमदैनिकले आज सुशान्तले साईन गरिसके पछाडी अरुकै हातमा पुगेका चर्चित ६ फिल्मको बारेमा चर्चा गर्दैछौं ।
१) नारायण मुर्थी बायोपिक
छिचोरेको डाइरेक्टर नितेश तिवारीले निर्देशन गर्ने नारायण मुर्थीको बायोपिकमा सुशान्त सिंह राजपुतको नाम आएको थियो । उनले फिल्मको लागि साईन पनि गरिसकेका थिए तर पछि त्यो फिल्म अक्षय कुमारको हातमा पर्यो । लकडाउनको कारणले गर्दा अहिले फिल्मको सुटिङ् हुन पाएको छैन ।
२) रामलिला
सञ्जय लिला भन्सालीको चर्चित फिल्म रामलीलामा सुशान्तले अभिनय गर्ने पक्का भएको थियो । त्यसपछि रणवीर सिंहले उक्त्त रोल पाएपछि अर्को फिल्ममा खेलाउँछु भनेर आश देखाएका थिए । पछि पद्भावत र बाजिराव मस्तानीमा पनि सुशान्तलाई खेलाउने पक्का भएको थियो ।
३) हाफ गलफ्रेन्ड
हाफ गलफेन्डमा सुशान्त सिंह राजपुत फाइनल भइसकेका थिए । चेतन भगवतले २०१५ मा नै अफिसियल ट्वीटर अकाउन्टबाट उक्त्त कुरा बताएका थिए । सुशान्तको निधन पछि उनको त्यो ट्वीट भाइरल भयो र अर्जुन कपुरमाथी सुशान्तका फ्यान खनिएका थिए ।
४) र
सुशान्तको हातबाट उम्किएको अर्को अर्को फिल्म हो । रोमियो अकबर वाल्टर । यो जोन अब्राहमको सफल फिल्म मानिन्छ । फिल्म मेकरले सुशान्तको फोटो राखेर पोष्टर पनि सार्वजनिक गरेका थिए पछि उनी निकालिए ।
५) फिटोर
२०१३ मा काइ पो चे बाट डेव्यु गरेका सुशान्तलाई त्यही फिल्मका निर्देशक अभिषेक कपुरले फिटोरमा लिने हल्ला चलेको थियो । तर पछि उनले त्यो फिल्मबाट पनि हात धुनु पर्यो ।
६) सारे जहाँ से अच्छा
सारे जहाँ से अच्छा को बारेमा मिडियामा धेरै खबरहरु आए । बिशेष गरि अभिनेता को लिने भन्ने बारेमा यो फिल्मको चर्चा व्यापक भएको हो ।