
बलिउड अभिनेत्री कृति सेननको आज जन्मदिन परेको छ । उनले चलचित्र हिरोपन्थीबाट बलिउडमा प्रबेश गरेकी हुन् ।
आउडसाईडर भएर पनि उनलाई चर्चित हुनबाट कुन पनि नेपोटिजमले रोक्न सकेन ।
बर्ली कि बर्फी, लुकाछुपी र हाउसफुल ४ जस्तो फिल्ममा दमदार अभिनय गरेपछि उनको चर्चा एकाएक बढेको थियो ।
उनी आफ्नो पहिरनका कारण पनि चर्चामा आउने गर्छिन् ।
इन्जिनियरिङ् पढेर पनि फिल्मी क्षेत्रमा उनी राम्रो सँग जम्न सकेको छिन् ।
उनी शिक्षित परिवारमा जन्मेको भएर पनि उनलाई पढ्नै पर्ने दबाब थियो ।
उनको बुबा राहुल सेनन चाटर्ड एकाउन्टेन्ट हुन् भने आमा दिल्ली युनिभर्सिटीको प्रोफेसर हुन् ।
२०१४ मा उनले तलेगु फील्म मार्फत अभिनयमा कदम चालेकी हुन् ।
उनी सुशान्त सिंह राजपुतसँग एकदमै निकट थिइन् । उनी र सुशान्तको प्रेम सम्बन्धको चर्चा निकै हुने गरेको थियो ।
फील्म रब्बामा सँगै अभिनय गरेपछि यी २ प्रेममा थिए ।
सुशान्त उनको परिवारसँग पनि नजिक थिए ।
केटीएम दैनिकको तर्फबाट उनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।।