
कुनै पनि फिल्म वा विज्ञापनमा अभिनय गर्नका लागि बलिउड सेलिब्रेटीहरु लाखौंदेखि करोडौं रुपैंयाँ पारिश्रमिक लिने गर्दछन् । उनीहरुको फिल्मले पनि करोडौं रुपैंयाँ कमाउँछ । त्यही कारण सेलिब्रेटीको जीवनशैली पनि विलासीपूर्ण नै हुन्छ । उनीहरुको कपडा, गाडीहरुदेखि लिएर घरको इन्टेरियर डिजाइनमा अधिक खर्च गर्छन् ।
तर तपाईंहरुलाई कमै मात्र थाहा होला कि करोडौं रुपैंयाँ सम्झौता गर्ने तपाईंका मनपर्ने कलाकारले एक रुपैंयाँमा पनि कामको सम्झौेता गरेका छन् । सन् २०१३ मा मा गायक मिल्खा सिंहले आफ्नो कथामा आधारित फिल्म ‘भाग मिल्खा भाग’ बनाउनका लागि लागि निर्देशक राकेश ओमप्रकाश मेहराबाट पारिश्रमिकका रुपमा सन् १९५८ मा छापिएको एक रुपैंयाँको नोट लिएका थिए ।
अभिनेताद्वय सलमान खान र शाहरुख खान मिल्ने साथी हुन् । तर उनीहरुको दुस्मनीको चर्चा उस्तै छ । सन् २०१० मा अभिनेता सलमानले फिल्ममा अभिनय गर्नका लागि यशराज फिल्मस्सँग शाहरुख भन्दा बढी पारिश्रमिकको माग गरेका थिए । त्यो बेला सलमानले आफ्नो पारिश्रमिक शाहरुखको भन्दा एक रुपैंयाँ बढी होस् भन्ने चाहेका थिए ।
फिल्म ‘जब तक है जान’को रिलिजको समयमा अभिनेत्री अनुष्का शर्माले एक अन्तरवार्तामा आफू एक रुपैंयाँका लागि पनि फिल्ममा काम गर्ने बताएकी थिइन् । अभिनेता राज कपूरले बलिउडको एक महान अभिनेताका रुपमा चिनिन्छ । उनी एक फिल्मका लागि निकै महंगो पारिश्रमिक लिन्थे । तर उनले आफ्ना साथी शैलेन्द्रसँग फिल्म ‘तीसरी कसम’का लागि एक रुपैंयाँ मात्र पारिश्रमिक लिएका थिए । यो फिल्म सन् १९६६ मा रिलिज भएको थियो ।
साहिर लुधियानवीले लता मंगेशकरसँग एक रुपैंयाँ अधिक पारिश्रमिक लिन माग गरेकी थिइन् । त्यहीकारण पनि उनको लतासँग सम्बन्ध राम्रोसँग चल्न सकेन । फिल्म ‘३ ब्याचलर’का निर्माताले अभिनेता सर्मन जोशीका विरुद्ध फिल्म प्रोमोट नगरेको भन्दै प्रहरीको निवेदन दिएका थिए । जसको जरिवाना पनि एक रुपैंयाँ नै राखिएको थियो ।