
एउटै मानिसको अनुहार ७ जनासँग मिल्छ भनेर सुन्न पाईन्छ । बलिउडमा पनि एउटै अनुहार भएका धेरै कलाकार छन् जस्लाई केटिएम दैनिकले देशी ह्यूमरको सहयोगमा तयार गरेको छ ।
ट्वीङ्गकल खन्ना र रविना टण्डन

बलिउडमा ट्वीङ्गकल खन्ना र रविना टण्डनको अनुहार एउटै भएको चर्चा हुने गर्दछ । झट्ट हेर्दा उनीहरु एउटै लाग्छन् ।
अनुहारको बनावट एउटै भएको कारण उनीहरु एउटै लाग्नु स्वभाविक रहेको बलिउडकर्मीहरु बताउँछन् । रबिना अक्षय कुमारको गलफेन्ड हुन भने ट्वीङ्गकल पत्नी हुन् ।
कट्रिना क्याफ र जरिन खान
अचम्मको कुरा के छ भने यी दुबै जना सलमान खानको प्रेमिका हुन् । कट्रिना र सलमानको ब्रेकअप भएपछि तनावमा रहेका सलमानले जरिनलाई फिल्ममा ल्याएका हुन् ।
ऐश्वर्या र स्नेहा

ऐश्वर्या राय बच्चन र स्नेहाको अनुहार पनि मिल्न जान्छ । स्नेहालाई धेरैले छोटी ऐश्वर्या भनेर बोलाउने गरेको बताउँछिन् । ऐश्वर्यासँगको ब्रेकअप पछि सलमानले स्नेहालाई बलिउडमा भित्र्याउने तयारी गरेका थिए ।
रिना रोय र सोनाक्षी सिंहा

बलिउडका चर्चित भिलेन शत्रुधन सिंहाको छोरी सोनाक्षी सिंहाको अनुहार बलिउड अभिनेत्री रिना रोय सँग मिल्छ । रिना शत्रुधनको प्रेमिका भएको कारणले पनि उनीहरु चर्चामा आउने गर्छन् । धेरैले सोनाक्षी रिनाको छोरी त हैन्न भनेर प्रश्न पनि तेर्साउने गरेका छन् ।
श्रीदेबी र दिव्या भारती

बलिउडका चर्चित अभिनेत्री श्रीदेबी र दिव्या भारतीको पनि अनुहार मिल्न जान्छ । उनीहरु दिदी बहिनी जस्तै देखिन्छन् ।