
काठमाडौं । चर्चित गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।
उनका बुबा एकनाथ पोखरेलको शनिवार निधन भएको छ ।
उनका बुबाको शनिवार निधन भएको बारे उनका नजिकका साथी दिपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
गायक सुगमका बुबाको शनिवार राति ८० वर्षको उमेरमा निधन भएको हो ।
उनको आजै अन्त्यष्टि गरिने जनाइएको छ । पोखरेलका पत्नि, ३ छोरा र २ छोरी रहेका छन् ।
यसरी देशकै एक गहनालाई जन्म दिने पिताको देहान्त भएको दु:खद घडीमा वहाँको आत्माको शान्तीको कामना गर्दै समस्त परिवारलाई सहन शक्ती ईश्वरले प्रदान गरुन साथै सदा सर्बदा सम्पुर्ण नेपाली जनको हृदयमा बिराजमान हुनु हुनेछ, हजुरको बैकुण्ठ राज होस !