मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ ।
यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ?
कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. मन पराउनु र माया गर्नु फरक कुरा हो । मन पराउनेले गमलाको फुल टिपेर हिड्छ भने माया गर्ने त्यहि गमलाको पानी हालेर हिड्छ ।
२. हरेक दिन रात बिती जान्छ र म एक्लो हुन्छु, कुनै दिन म बिती जानेछु अनि रात एक्लो हुनेछ ।
३. मान्छे जति सुकै फुर्सद नै किन नहोस, ऊ निरन्तर चिहानको यात्रामा व्यस्त हुन्छ ।
४. आफुले सास त्यागे पछी पनि आफ्नो चिन्ता गर्छ मान्छे, त्यसैले त स्वर्ग र नर्कको कुरा गर्छन् ।
५. अरुले गरेको प्रसंसा भन्दा आमाले गर्नुभएको गाली नै धेरै प्यारो हुन्छ ।
६. जिन्दगीको एक मात्र लक्ष्य जागिर खाने होइन, अरुलाई जागिर खुवाउने बन्नु छ ।
७. न कसैको अभावमा छु, न कसैको प्रभावमा छु । दिनहरु काट्ने यति मुस्किल छ, सायद म आफै जिन्दगीको दबाबमा छु ।
८. साधारण जीवन भएका मान्छे सुखी हुदैनन् तर खुशी अवश्य हुन्छन् ।
९. बजारमा बेच्न राखेको मादल जस्तै भईसक्यो जीवन, जो पनि आउछ सुर न ताल संग बजाएर जान्छन् तर कसैले किन्दैनन् ।
१०. आज नोटहरू पल्टाउदै जादा एउटा अधुरो प्रेम कथामा आखा अडियो, जुन हामी दुई बिचको कहानी थियो ।
नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।