कोरोना भाइरस संक्रमणको कारण गोरखामा एकजनाले ज्यान गुमाएका छन् ।
गोरखा अस्पतालमा उपचार गराइरहेका पालुङ्गटार नगरपालिका वडा नम्बर ७ निवासी ४४ वर्षिय एक पुरुषको शनिबार विहान ५ बजे ज्यान गएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. नविन थापाका अनुसार उनमा यही असार १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुष मधुमेह रोगी थिए ।
गोरखामा कोरोनाको कारण निधन भएको यो पहिलो केस हो ।