विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५ लाख ८३ हजार ८ सय ८२ पुगेको छ।
हिजो एकैदिन विश्वभर १ लाख ७४ हजार २ सय ६४ जना नयाँ संक्रमित थपिँदा ५ हजार ७२ जनाको मृत्यु भएको छ।
नेपाली समयअनुसार बुधबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ८ सय ६१ पुगेको छ।
ब्राजिलमा एकैदिन १ हजार २ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने झण्डै ३८ हजार नयाँ संक्रमित थपिएका छन्।
त्यहाँ हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ।
यस्तै कोरोनाबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा एकैदिन ४६ हजार ४२ जना नयाँ संक्रमित थपिँदा ७ सय ६४ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ हालसम्म २७ लाख २७ हजार ८ सय ५३ जना संक्रमित फेला पर्दा हालसम्म मृत्यु हुनेको संख्या १ लाख ३० हजार १ सय २२ पुगेको छ।
भारतमा वितेको २४ घन्टामा ५ सय ६ जनाको मृत्यु भएको छ भने १८ हजार २ सय ५६ जना नयाँ संक्रमित भेटिएका छन्। भारतमा कोरोना संक्रमणबाट हालसम्म १७ हजार ४ सय १० जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार ७ सय ९२ पुगेको छ।
यसैगरी मेक्सिकोमा थप ४ सय ७३, पेरुमा १ सय ७३, रुसमा १ सय ५४, इरानमा १ सय ४७, पाकिस्तानमा १ सय ३७ तथा साउथ अफ्रिकामा १ सय २८ कोरोना संक्रमितको मृत्यु भएको छ।