सुशान्त सिंह राजपुतकको निधन भएको दुइ हप्ता भइसकेको छ ।
उनका फ्यानहरु अझै पनि उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।
उनले पढेको कलेज, साथीहरु तथा बिहारका नेताहरुले समेत उनको परिवारलाई सान्तवना दिइरहेका छन् ।
अहिले सुशान्तको बहिनी स्वेता कृति सिंहले सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गरेकी छिन् ।
सुशान्तको परिवार भेला भएर उनको अन्तिम बिदाई गरेका हुन् ।
उनले लेखेको छिन्, “मेरो भाइलाई धेरै धेरै माया पठाउन चाहन्छु ।
तिमी जहाँ छौं खुशी रहनु” यस्को साथै उनले तस्विर पनि शेयर गरेकी छिन् जहाँ उनीह्यरु भाबुक देखिन्छन् ।
धेरै राजनीतिकर्मी र कलाकारहरुले सुशान्तको बुबा केके सिंहलाई सान्तवना दिइरहेका छन् ।
उनको तर्ह्रो दिनको पुण्य तिथीमा सुशान्तको नाममा फाउन्डेशन खोलेर सहयोग गर्ने परिवारले बताएको थियो ।
सुशान्त व्याक ग्राउण्ड डान्सरलाई सहयोग गर्न चाहन्थे ।
(केटिएम दैनिकको सामाग्री बिना स्रोत साभार नगर्नुहोला)
उनको परिवारले त्यसबारेमा पनि सोचिरहेको र केहि दिनमा निर्णय सार्वजनिक गर्ने बताएको छन् ।
केहि समय अगाडी उनकी साथी भुमि पेन्डेकरले पनि उनको स्मृतिमा ५ सय ५० घर परिवारलाई सहयोग गर्ने घोषणा गरेको थिइन् ।
सुशान्तको परिवारले गरेको ६ निर्णय यसप्रकार छन् ।
१) उ हाम्रो लागि सधै महत्वपुर्ण रहनेछ ।
२) उस्ले फ्यानको सधै मान राख्ने गर्थ्यो ।
३) सुशान्त सिंह राजपुतको नाममा फाउन्डेसन खोल्ने र युवाहरुको क्षमतालाई पहिचान गरेर सिनेमा, बिज्ञान र खेलकुदमा आउन चाहनेलाई मद्दत गर्ने ।
४) सुशान्तको पटनाको घरलाई मेमोरियल बनाउने र उस्को टेलिस्कोप, किताबलगायत उनको सामान त्यहाँ राख्ने ।
५) उनको सोसल मिडिया अकाउन्ट परिवारले चलाउने
६) सुशान्तको फाउन्डेशनको इमेल ssrliveson[at]gmail.com हो । केहि प्रतिक्रिया भए यही जिमेलमा पठाउन सकिने छ ।