बदलिँदो समयसँगै मानिस अरुका व्यवहारबाट आजित हुने होइन की आफुलाई पनि समयसँगै बदल्नु पर्दछ । आफ्नो मनलाई शान्त राख्नुपर्छ ।
अरुसँग रिसाउनु वा ठुस्किनुको साटो आफुलाई सकारात्मक कार्यमा व्यस्त राख्नु उत्तम हुन्छ । रचनात्मक कार्यले मनलाई खुसी र सन्तुष्ट पार्दछ । मानिसले आफुलाई खुसी राख्न केही नियम वा व्यवहारको पालना गर्नुपर्दछ । ती मध्ये केही यस्ता छन् :
सँधै खुसी रहन चाहनुहुन्छ ? अपनाउनुहोस यस्ता पाँच उपाय
१. समयको पावन्दीः यदि तपाइँलाई केही काम गर्न दिइएको छ वा कसैसँग भेट गर्नका लागि कुनै समय निर्धारण गर्नुभएको छ भने यो कुरामा ध्यान दिनुहोस् । समयसीमा भित्र काम गरिभ्याउनु नै समयको व्यवस्थापन हो । चाहे तपाइँ कामकाजी हुनुहोस् वा गृहिणी सबैले आफ्नो निर्धारित कामका लागि निश्चित समय छुट्टाउनुहोस् । यदि तपाइँले समय तालिका बनाएर निर्धारित समयमा निर्धरित काम गर्नुभयो भने तपाइँले जिवनमा सफलता तथा खुसी प्राप्त गर्न सक्नुहुन्छ ।
२. आफैलाई उपहार दिनुहोसः तपाइाको जिवनशैली चाहे जतिसुकै व्यस्त किन नहोस् केही समय आफ्नो लागि अवश्य निकाल्नुहोस् । यसरी निकालेको समय यस्तो हुनुपर्छ की त्यसमा तपाइँमाथि कुनै दबाब हुनु हुँदैन । त्यस समय तपाइँले आफ्नो रुचीको कुनै काम गर्नुहोस् । मनपर्ने गीत सुन्न सक्नुहुन्छ, किताब पढ्न सक्नुहुन्छ वा सृंगार ।
३. सकारात्मक सोचः भनिन्छ जसले जस्तो सोँच्दछ ऊ उस्तै हुन्छ । त्यसैले आफ्नो मनमा सदैव सकारात्मक सोँचाइ बनाउनुहोस् । नकारात्मक सोँचाइ लिनबाट बँच्नुहोस् । थोरै बिरामी हुँदा समेत मनोबल उच्च पार्नुहोस् र सोँच्नुहोस् की म स्वस्थ छु र सदैव स्वस्थ रहनेछु । तपाइँसँग नभएको चिज सम्झेर वा कल्पना गरेर मन दुखाउनु भन्दा आफुसँग भएको चिजसँग खुसी हुन सिक्नुहोस् ।
४. पौष्टिक आहारः पोषण विशेषज्ञहका अनुसार सरीरलाई फिट राख्नका लागि सन्तुलित आहार हुनु आवश्यक हुन्छ । हरेक दिन बिहान नास्ता गर्नुहोस् । खानामा सागपात, गेडागुडी, सलाद आदि अनिवार्य रुपमा समावेश गर्नुहोस् ।
५. पर्याप्त निद्राः विशेषज्ञहरुका अनुसार रातमा तपाइँ जति गहिरो निद्रा सुत्नुहुन्छ अर्को बिहान उति नै आफुलाई ताजा महसुस गर्नुहुन्छ । त्यसैले रातमा पर्याप्त निद्रा लिनुहोस् । ८ घण्टाको निद्रा वयस्क व्यक्तिलाई आवश्यक हुन्छ । रातमा सुत्ने र बिहान उठ्ने समय अनियमित नबनाउनुहोस् ।
श्रीमतीलाई खुसी बनाउने २० सुत्र !
नेपाली समाजमा थुप्रै कारणहरुले डि’भोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने २० सुत्रहरु अपनाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन सक्छ ।
१) श्रीमतीको मूडको ख्याल राखेर ब्यवहार गर्ने
२) श्रीमतीका कुरा सुन्ने र सकेसम्म् उनको माग अनुसारको सपिङ गर्ने।
३) श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।
४) कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने
५) बेला-बेला घुम्न लैजाने।
६) अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हास्ने र चुलो चौकामा साथ दिने।
७) श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
८) आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।
९) फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने
१०) काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।
११) कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।
र यो पनि पढ्नुहोस् :
श्रीमती भनेकाे युवा अवस्थाका प्रियसी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।
१२) भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
१३) घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने।
१४) आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
१५) श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।
१६) पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
१७) श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।
१८) श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
१९) श्रीमती उठ्ने बित्तिकै चिया बनाउने
२०) श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
र यो पनि पढ्नुहोस् :
श्रीमानलाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्यै श्रीमानलाई प्रगती गर्न दिदैनन !