लकडाउनको मारमा परेर सिनेमा रिलिज गर्न गाह्रो अवस्था आएपछि बलिउडका चलचित्रहरु बिभिन्न अनलाईन प्लाटफर्ममार्फत सार्वजनिक भएका थिए ।
नेपालमा पनि त्यस्को आवश्यकता खड्किएको थियो ।
घरमै बसेर सिमित रकममा नेपाली चलचित्र हेर्ने दर्शकको चाहना अब पुरा हुँदैछ ।
हलमा रिलिज भैसकेका चलचित्रहरु युटुबमा दर्शकले निशुल्क हेर्ने गरेका थिए ।
तर, अब नयाँ नेपाली चलचित्रहरुलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘चलचित्र टीभी एप’ सार्वजनिक गरिएको छ ।
उक्त्त एप ऋचा शर्माले अमेरिकामा रहेका उनका केहि साथीहरुसँग मिलेर सुरु गरेकी हुन् ।
ऋचाका अनुसार, आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन् ।
यो एप विशेषगरि विदेशमा रहेर नेपाली चलचित्र हेर्न चाहने दर्शकहरुका लागि लक्षित रहेको वुझ्न सकिन्छ ।
एपमा चलचित्र ‘छ माया छपक्कै र छक्का पन्जा ३’ रिलिज गर्ने तयारी गरिएको छ ।
कोरोना भाइरसको सन्त्रासपछि सरकारले जारी गरेको लक डाउनका कारण विश्वभरका मानिसहरुमा डिजिटल माध्यमबाट चलचित्र हेर्ने रुची बढेको छ ।
यो एपले दर्शकमा राम्रो प्रभाव पार्न सकेको खण्डमा नेपाली चलचित्रका निर्मातालाई पनि ठूलो राहत हुनेछ ।
‘चलचित्र टिभी’ एपका लागि ऋचाको समुहले दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको दुई चलचित्र ‘छ माया छपक्कै र छक्का पन्जा ३’ १०/१० लाखमा खरिद गरेको छ ।
यो रकम उठेपछि दुई समुहबीच शेयर बाँडफाँड हुनेछ । चलचित्र राम्रो बनाएर ब्रान्डिङ गर्न सकेको खण्डमा नेपाली निर्माताका लागि यो एप आम्दानीको नयाँ स्रोत बन्न सक्ने धेरैको विश्वास छ ।
https://www.instagram.com/p/CBzMuzxJc7f/