
अनुराग कश्यपका भाइ तथा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ का निर्देशक अभिनव कश्यपले सुशान्त सिंह राजपूतको आ त्मह त्याको विस्तृत अनुसन्धान माग गरेका गर्दै ‘सलमान विषालु सर्पको टाउको’ हो भनेका छन् ।
उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीमाथि मानिसहरुको करियर बर्बाद गरेको आरोप लगाए । साथै, सलमान खानको परिवारमाथि पनि गम्भीर आरोप लगाए ।
सुशान्तबारे फेसबुकमा एउटा लामो पोस्टमार्फत उनले लेखेका छन्, ‘म सरकारसँग एक विस्तृत अनुसन्धान सुरु गर्न अपिल गर्दछु । तिम्रो आत्माले शान्ति पाओस् सुशान्त सिंह राजपूत‘ ओम शान्ति‘ तर तिम्रो लडाईं जारी रहनेछ‘।’
‘सुशान्त सिंह राजपूतको आ-त्मह-त्याले एउटा ठूलो समस्या उजागर गरेको छ, यसको सामना त्यस्तै ‘पछिल्लो १० वर्षमा आफना दुश्मन सलिम खान, सलमान खान, अरबाज खान र सोहेल खानरहेको बताए ।
यहाँ थुप्रै साना माछा पनि छन् तर सलमान खानको परिवार वि-षालु सर्पको टाउको हो । कसैलाई डर धम्की दिन उनीहरु अवैध धन, राजनीतिक शक्ति र अन्डरवर्ल्ड सम्बन्धको मिश्रणको प्रयोग निकै चतुर्याइँका साथ गर्छन् ’भन्ने उनको भनाई रहेको छ ।
आज मात्रै जिया खानकी आमाले सलमानले उनकी छोरीको हत्-यारालाई बचाउन प्रलोभन देखाएको बताएकी थिइन् ।
२०१३ सालमा जिया खानले बलिउडलाई आश्चर्यचकित बनाउँदै २५ वर्षकै उमेरमा आत्मह-त्या गरेकी थिइन् ।
त्यति बेला उनी उनका व्याइफेन्ड्र भनिएका सुरज पञ्चोलीको कारण त्यो कदम उठाउन बाध्य भएकी बताइएको थियो ।
तर त्यहिबेला सलमान खानले जियाको आमालाई सुरजलाई सफाई दिन आग्रह गरेका थिए ।
त्यतिबेलाको बलिउड लाईफ र लाईभ हिन्दुस्तानले सलकानको समाचारमा प्राथमिकतामा राखेर लेखेका थिए ।
जियाको निधनको आमा उनकी आमा रिया खान लन्डनमा थिइन् ।
उनलाई सलमानले पटक पटक फोन गरेर सुरजलाई माफ गर्दिए आफुले धेरै पैसा दिने लालच देखाएको बताएकी छिन् ।
सुशान्तको निधनमा दुखी हुदै उनले फेरि पनि यस्ता दिन आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेकी छिन् ।
आफ्नो परिवारबादको झुट लुकाउनलाई बलिउडले कति सम्म गर्छ भन्ने कुरा सलमानको उक्त्त भनाइबाट थाहा भएको छ ।