
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।
ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।
उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।
बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।
नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ । यो संख्या जोड्दा ज्यान गुमाउनेको संख्या २० पुग्छ ।
विश्वभर कोरोनाबाट साढे ८२ लाख संक्रमित हुँदा निको हुने ४३ लाख नाघे
विश्वभर कोरोना भाइरस संक्रमितहरु साढे ८२ लाख पुगेका छन् ।
नेपाली समयअनुसार आज विहान ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख ५६ हजार ६ सय ५९ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ४५ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ भने ४३ लाख ०६ हजार ४ सय ६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।