भारत र चीनको सीमा लद्दाखमा भएको झडपमा भारतीय सेनाका २० जना मारिएका छन् ।
मंगलबार साँझ भारतीय मिडियामार्फत उक्त खबर बाहिरिएको हो ।
यो खबर बाहिरिनु अगावै नै ३४ जना भारतीय सैनिकहरु बे पत्ता भएको समाचार सार्वजनिक भएको थियो ।
भारतिय सञ्चारमाध्यमहरुले सैनिक स्रोतलाई उदृत गर्दै यो समाचारको पुष्टाई गरेका छन् ।
लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन उपत्यकामा भएको उक्त भिडन्तमा परी अरु भारतीय सैनिकको पनि ज्यान गएको हुन सक्ने दाबी साथ समाचारहरु आइरहेका छन्।
पछिल्लो डेढ महिनायता तनावग्रस्त बनेको यो क्षेत्रमा भारत र चीनका सैनिकबीच घम्साघम्सी पर्दै आए पनि यो खालको क्षति भने भएको थिएन।
१५ जुन साँझदेखि त नाव सिर्जना भएको थियो। झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको निधन भएको हो ।
ज्यान गुमाउनेमा बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबु, हवलदार पालानी र सिपाही कुन्दन झा छन्।
ज्यान गुमाउने यी ३ बाहेक अन्य भारतीय सैनिकको नाम सार्वनजिक गरिएको छैन्।
यो खबर सार्वजनिक भएसँगै फेरी भारत र चिनबिच युद्ध त सुरु हुने हैन भन्ने आशंका पैदा भएको छ । भारत र चिनको युद्ध भएको खण्डमा सबैभन्दा धेरै गोर्खा रेजिमेन्टमा रहेका नेपाली दाजुभाइहरुको ज्यान जानेछ । किनभने भारतले गोर्खा रेजिमेन्टलाई अग्रस्थानमा उभ्याउने निश्चितप्राय छ ।