
भारतीय सुपरस्टार अमिताभ बच्चनले जया बच्चनसँग विबाह गरेको आज ४७ वर्ष पूरा भएको छ ।
बलिउडकै आर्दश फिल्मी जोडीका रुपमा रहेको यो जोडीमा कहिल्यै उतारचढाव नआएपछि यो जोडीले बलिउडमा उच्च सम्मान पाउँदै आइरहेको छ ।
तर जयासँग विबाह बन्धनमा बँधिएपछि अमिताभ बच्चनसँग रेखाको नाम पटक पटक जोडीएर आयो ।
रेखा र अमिताभका बीच जे चलेको थियो, त्यसको गहिराईको अन्दाज रेखाका केही बयान पढ्ने हो भने उनीहरुको प्रेमको गहिराई बुझ्न सकिन्छ ।
अमिताभ र जयाले विबाह गरेपछि रेखाले लिएको बयान ‘म यस्तो उनीहरुको घर तोड्नका लागि गरिरहेकी छैन ।
एक मानिस भएको नाताले म यो भन्न सक्छु कि उनी हुँदा मलाई खुसी लाग्छ ।
https://www.instagram.com/p/CA8iuzvh-ru/
उनको गुण र विशेषताले म अत्यधिक प्रभावित भएकी थिएँ ।
ले बलिउडमा त्यो समय हंगामा नै मच्चाएको भारतीय मिडियाले विशेष प्राथमिता दिएर लेखेका छन् ।
अमिताभसँग प्रेममा रहँदा पनि जयासँग परिचत रेखाले जयामाथी उच्च सम्मान भएको तर उनले आफ्नो विबाहमा नबोलाएको गुनासो समेत एक अन्तरवार्तामा पोखेकी छिन् ।
रेखासँग अमिताभको भेट हुँदा अमिताभको विवाह जया भादुडीसँग भइसकेको थियो ।
तर रेखाले पछिसम्म पनि अभिताभलाई प्रेम गरिरहेको भरतीय मिडियाले उल्लेख गरेका छन् ।