
यो कथा थोमस एल्बा एडिसनको बाल्यकालमा घटेको एउटा घटनाको साँचो कथा हो ।
धेरैलाई यो कथा थाहा हुन सक्छ तर यदि तपाईंलाई यो कथा थाहा छैन भने राम्रो सँग पढ्नु होला, तपाईंलाई यो कथा मनपर्नेछ, किनकि यो कथा एकदम चाखलाग्दो छ । निश्चित रूपमा तपाईंलाई यस कथाबाट केहि सिक्न पनि पाइने छ ।
स्कूलमा थोमस एल्बा एडिसनको हातमा एउटा चिठी दीईयो र त्यो चिठीलाई घरका कुनै ठूला व्यक्तिका हातमा दिनलाई भनियो । त्यो दिन थोमस एल्बा एडिसन स्कूलबाट घर फर्किए र उनले त्यो चिठी आफ्नी आमालाई दिँदै भने कि स्कूलबाट उसलाई दिईएको हो । आमाले त्यो चिठ्ठी खोल्नुभयो, त्यो चिठीलाई एकै नज़रमा सर्लक्क हेरी सके पछि उनले ठूलो स्वरले पढ्न थालिन् – “तपाईंको छोरा धेरै बुद्धिमान र लायक छ तर यो हाम्रो लागि दुःखको कुरा हो कि हाम्रो स्कूलमा कुनै शिक्षक छैनन् जसले तपाईंको बच्चाको बौद्धिक स्तरसँग (intelligence level) मेल खान सक्दछ । तसर्थ, तपाईंलाई अनुरोध छ कि तपाईंको बच्चालाई घरमा नै राख्नुहोस् र यदि सम्भव छ भने उसलाई घरमा नै पढ़ाउनुहोस, हाम्रो स्कूलमा नपठाउनुहोस् किनकि हाम्रो स्कूलमा त्यति योग्यता भएको कुनै शिक्षक छैन जसले तपाईंको छोरालाई पढ़ाउन सकोस ।”
जब थोमस एल्बा एडिसनले यो सुने, उनको छाती गर्वले फुलिएको थियो र उनले सोचे कि अब म केही गर्छु, म कति बुद्धिमान रहेछु । आमाले लगनशीलताका साथ छोरालाई घरमा नै पढ़ाउनुभयो । छोराका लागि कडा परिश्रम गर्नु भयो र छोरालाई लायक बनाउनु भयो । त्यस पछिको सबै कुरा संसारलाई थाहा नै छ कि उनले कैयों आविष्कारहरू गरे ।
धेरै वर्ष पछि एक दिन यसरी काम गर्ने क्रममा, अचानक थोमस एल्बा एडिसनले त्यो चिठी फेला पारे जसलाई त्यस दिन उनकी आमाले उनलाई पढेर सुनाएकी थीईन तर चिठी खोलेर पढ्दा साथ उनका आँखाहरू ओसिलो हुन थाले किनभने चिठीमा लेखिएको थियो – “तिम्रो छोरा मूर्ख र नालायक छ, ऊ हाम्रो स्कूलका लागि योग्य छैन । कृपया तपाईंको बच्चालाई हाम्रो स्कूलमा नपठाउनुहोस् किनकि हामी हाम्रो स्कूलमा त्यस्तो मूर्ख बच्चालाई पढ़ाउन चाहँदैनौं । तपाईंलाई अनुरोध छ कि तपाइँको बच्चालाई घरमा राख्नुहोस् र सम्भव भएमा उसलाई घरमा नै पढ़ाउनुहोस ।”
चिठीमा लेखिएको यो थियो, तर आमाले अरू केहि पढ्नुभयो किनभने आमाले आफ्नो बच्चाको दुष्टतामा पनि सँधै भलाइ नै देख्ने गर्छन । आमाले उसको खराबीलाई राम्रोमा बदल्नुभयो र यति सम्म परिवर्तन गरी दिनु भयो कि आज सम्पूर्ण संसारले थोमस एल्बा एडिसनलाई एउटा महान आविष्कारक र महान वैज्ञानिकको रूपमा चिन्छ ।
छोराहरुका लागि सन्देश:
कहिल्यै पनि आफ्नो आमाको अनादर गर्नु हुँदैन । आमाले जे भन्छिन् ठीक भन्छिन् । उनी सँधै तपाईंको भलाइ र राम्राको लागि मात्रै सोच्ने र गर्ने गर्छिन ।
आमाहरुका लागि सन्देश:
कहिल्यै आफ्नो बच्चालाई हल्का रूपमा नलिनुहोस् र उसलाई कहिल्यै पनि मूर्ख न मान्नुहोस । अलिकती उसको भलाईका लागि कडा परिश्रम गर्नु भयो भने एक दिन उसले आकाश छुने छ ।