
बलिउड सेलिब्रेटीहरुले सरकारलाई हरेक कुरामा सहयोग गरिरहेका छन् । कोरोना भाइरसका कारण धेरैको ज्यान जान थालेपछि जसबाट बचाउनका लागि आफुले सक्दो सहयोग गरिरहेका छन् । हालै अभिनेता अक्षय कुमार र अभिनेत्री सोनाक्षी सिन्हाले फ्रन्टलाइन योद्धाका लागि भन्दै एक हस्पिटललाई किट उपलव्ध गराएका छन् ।
All you lovely people!Thank you for your trust and generosity.A huge consignment of top grade PPE material is leaving factory for Sardar Patel Hospital,#Pune!Let’s protect our frontline medicos together,shall we?Lots of love and thank you
???@manmundra @atulkasbekar @tringindia pic.twitter.com/TOUR2TTMxk— Sonakshi Sinha (@sonakshisinha) May 14, 2020
उनीहरुले कोरोना भाइरसबाट बचाउन उपकरणहरू उपलब्ध गराएको बताएका छन् । अभिनेत्री सोनाक्षीले पीपीई किटहरू प्रदान गरेकी छन् । भने अक्षयले मुटुको धड्कन, बीपी र स्टेप ब्यान्ड रिस्टब्यान्ड्स सहयोग गरेका छन् । अभिनेत्री सोनाक्षी सिन्हाले उत्त सामाग्री दिएको कुरा आफ्नो इन्स्टाग्राम लेखेर पुष्टि गरेकी छन् । उनले लेखेकी छन् , ‘सरदार पटेल अस्पताल पुणे पुगे शीर्ष ग्रेड पीपीई किट दिए । यो सबैलाई आवश्यकता पर्ने भएकाले आफुले सहयोग गरेको हुँ । जसका कारण चिकित्सकहरुले काम गर्न सहयोग गर्न सहयोग पुग्ने छ ।’