
सुनसरीको झुम्का घर घएकी कोरोना संक्रमित नर्स इटहरी बजारमा किनमेलको लागि घुमेको भन्दै सामाजिक सञ्जालमा हल्ला गरे पछि सर्वसाधरणहरु त्रसित बनेका छन ।
कोरोना संक्रमित युवती केहि दिन अघि इटहरी घुमेको भन्दै सामाजिक सञ्जालमा स्टाटस आउन थाले पछि सर्वसाधरणहरु त्रसित बनेका हुन ।
तर सुनसरी प्रहरीले भने कोरोना संक्रमित नर्स इटहरी नघुमेको जनाएको छ । कोरोना संक्रमित नर्सले आफ्नो परिवार सहित २० जनालाई भेटेको र उनीहरुको आजै स्वाब परिक्षण गरिसकेको जनाएको छ । उनीहरुको स्वास्थ्य परिक्षणमा कोरोना नदेखिएको र उनीहरुलाई होम क्यारेन्टाईनमा पठाईएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले भने कोरोना संक्रमितको आफन्त सँगै उनले भेटेका साथीहरुको स्वास्थ्य परिक्षण सामान्य देखिएको जनाए । हामीले उनी सँग भेटघाट गर्नेहरुको लिष्ट तयार पारेर परिक्षण गरेका थियौ उनले भने । त्रसित नभई आ आफ्नो घरमा बस्न जिल्ला प्रहरी कार्यलय सुनसरीले आग्रह छ ।
यता कोरोना पुष्टि भएकी युवतीको भाई इटहरीको केवलमा सेटअप बक्स जोड्न आएको भन्दै फेसबुकमा लेखेर आतंक फैल्याएको भन्दै यस्तो नलेख्न आग्रह गरेको छ । उनीहरुको समेत स्वाब परिक्षण सामान्य देखिएको भन्दै यसरी सर्वसाधरणहरुलाई आतंक नफैल्याउन आग्रह गरेको हो । यसरी आतक फैल्याउनेलाइ प्रहरीले पक्राउ गर्ने समेत जनाएको छ ।