
काठमाडौं । कोरोनाको त्रास दिन प्रतिदिन बढ्दो छ । नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगिसकेको छ । केही दिनयता शान्त रहेका उपत्यकाबासी मंगलबार फेरि कोरोना संक्रमितका थपिएपछि त्रसित बनेको छन् ।
सरकारले ५१ दिनयता जारी गरेको लकडाउनको अवधि जेठ ५ गतेसम्म कायम रहनेछ । यो लकडाउनमा सरकारले भोज भतेर, सभासम्मेलन, पार्टी लगायत धेरै व्यक्ति भेला हुने गतिविधिका गर्न समेत निषेध गरेको छ ।
तर, हाम्रा केही चर्चित कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँबर, निकिता पौडेल, संचारकर्मी रवि लामिछाने, उत्सव रसाइलीलगायतले भने एकठाउँमा भेला भएर पार्टी गरेका छन् ।
सामाजिक संजाल मार्फत बाहिर आएको एक भिडियोमा यी कलाकार तथा संचारकर्मीले पार्टी गरेको देख्न सकिन्छ । भिडियोमा सबैजना एकैठाउँ भेला भएर बिभिन्न परिकारमा रमाएका छन् ।
कोरोनाको त्रासका कारण सरकारले गरेको लकडाउन पालना गर्न व्यक्तिगत तथा विभिन्न भिडियो मार्फत दर्शकलाई अनुरोध गर्दै आएका यी कलाकारको पार्टीको भिडियो सामाजिक संजालबाट बाहिर आएपछि उनीहरुको चर्काे आलोचना हुन थालेको छ ।
उनीहरु ट्रोल तथा व्यक्तिगत आलोचनाको सिकार समेत भइरहेको छन् ।
भोजको विषयमा सामाजिक संजालमा चर्काे आलोचना भएपछि अभिनेता तथा निर्माता दीपकराज गिरीले एक लामो स्टाटस पोष्ट गर्दै उक्त पार्टी पार्टी नभएर सामान्य खाना खाने भोज रहेको बताएका छन् ।
दीपकले आफ्नो बारेमा आएको समाचार केही सत्य र केही असत्य भएको मनसाय सहित लेखेको लामो स्टाटसमा सामाजिक संजालमा आएको भिडियो राहत वितरण पछि सहभागी साथीहरुको भोज भएको बताएका छन् ।
‘कुरा हो सोमबारको ,जति बेला काठमाडाैंमा लकडाउन केही खुकुलो भएको थियो । सडकमा मज्जाले गाडीहरू गुड्न थालेका थिए । अनि हामी चलचित्रकर्मीहरू अनुरागजीले वितरण गरेको एक राहत कार्यक्रममा सहभागी भयौं’ दीपकले अगाडि लेखेका छन् ‘ दिनभर भोकाएका थियौं, पसलहरू बन्द थिए । अत अनुरागजी कहाँ नै खाना खान गयौं, र विजीलाई मैले कल गरेँ उहाँ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडकभडक गर्यौं, न त्यो कुनै पार्टी नै थियो ।’
आज म लेख्दैछू …
लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै…Posted by Deepak Raj Giree on Wednesday, May 13, 2020
यहि विषयमा पुजाले पनि आफ्नाे भनाइ राखेकी छिन् हेर्नुहाेस स्टाटस
राहत बाड्ने क्रममा हामी खाना खाने क्रममा कलाकार अनुराग कुवँर ज्यु को घरमा म लगायत आदरणीय किरण के.सी दाइ, दिपक दाइ, दिपा…
Posted by Xantripto Pooja Sharma on Wednesday, May 13, 2020