
साउथ इण्डियनका चर्चित नायक अल्लु अर्जुनको मुख्य भूमिका रहने एक फिल्ममा ६ मिनेको एक्सनका लागि ६ करोड खर्च गरिने भएको छ। चलचित्र ‘पुष्पा’का लागि निर्माण पक्षले उक्त रकम खर्च गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतमा लक डाउन खुलेसँगै यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ। यो चलचित्रमा एक्सन दृश्यका लागि महंगो रकम खर्च गर्न लागिएको समाचारमा उल्लेख छ।
भारतीय मिडियाका अनुसार, ६ मिनेट लामो एक्सनको दृश्यका लागि मात्रै ६ करोड रुपैयाँ खर्च गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ। यो चलचित्रको निर्माणका लागि सबै भारतीय प्राविधिकले नै यो चलचित्रमा काम गर्नेछन्। कुनै विदेशी प्राविधिक पयोग हुने छैनन्। यो चलचित्र भारतका सबै भाषामा रिलिज हुनेछ ।
#AlluArjun is going all out to make his next film – #Pushpa – memorable… The actor has plans to spend whopping ₹ 6 cr for a 6-minute action sequence… That's not all, #Pushpa will be 100% 'Made in #India' project, with an effort to provide employment to #Indian film workers. pic.twitter.com/xPS8wo9iXh
— taran adarsh (@taran_adarsh) May 10, 2020
एउटा फिल्म खेले बापत कति लिन्छन् अल्लु अर्जुन
दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । बलिउडका कैयौँ सेलिबे्रटीहरुका फ्यानहरुभन्दा पनि उनको फ्याहरु धेरै रहेका छन् । उनको फिल्म सराइनादुले त युट्युबमा रेकर्ड नै बनाउन सफल भएको थियो । एकपछि अर्को हिट फिल्म दिएका यी साउथ सुपर स्टारको कमाइ कति होला ?
పుష్ప #Pushpa pic.twitter.com/sHFZspIt1z
— Allu Arjun (@alluarjun) April 8, 2020
‘ड्याडी’ फिल्ममार्फत कलाकारितामा प्रवेश गरेका ‘गंगोत्री’ फिल्ममा लिड रोलमा काम गरेका थिए । उनलाई सबैभन्दा बढी सफलता फिल्म ‘आर्या’ बाट मिलेको थियो । आर्याबाटै उनले फिल्मफेयर अवार्डमा उत्कृष्ट तेलुगु नायकको अवार्ड मिलेको थियो ।
यो फिल्मको उनको करिअरमै ठुलै परिवर्तन ल्याइदियो । प्राय एक्सन फिल्म गर्ने उनले एउटा फिल्म गरेको २० देखि २५ लिने गर्छन् । पछिल्लो समय रिलिज भएको उनको फिल्म ना पेरु सुर्याले बक्स अफिसमा कमाल गर्न सकेन । फिल्म असफल भएतापनि उनको चर्चा पनि कत्ति पनि घटेको छ ।