भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार नाघेको छ ।
आइतबार बेलुका ८ बजेसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार १ सय ८६ पुगेको हो ।
पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ३ सय ३६ नयाँ संक्रमितहरु फेला परेका छन् भने २ सय ५ जनाले ज्यान गुमाएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उपलव्ध गराएको तथ्यांकअनुसार अनुसार अहिलेसम्म ८६ हजार ९ सय ३६ जना कोरोना भाइरसँग विरुद्धको लडाइमा जित हाँसिल गरेर घर फर्केका छन् ।
भारतमा अहिलेसम्म ५ हजार २ सय ८६ जनाको निधन भैसकेको छ भने ९२ हजार सय ४९ जना विभिन्न अस्पतालमाहरुमा उपचार गराइरहेका छन् जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
तथ्यांकलाई विश्लेषण कोरोना भाइरस लागेर ज्यान गुमाउने २ दशमलव ८३ प्रतिशत रहेका छन् भने निको हुनको प्रतिशत ४७ दशमलव ६८ रहेको छ ।