
एजेन्सी । भारतीय लोकप्रिय नायक अक्षय कुमारले आफ्नी बहिनी अल्का भाटियालाई निकै माया गर्छन् । जसको पछिल्लो उदाहरण अक्षयकी बहिनी अल्का मुम्बईबाट दिल्ली जाने क्रममा देखियो ।
कोरोना भाइरसको संक्रमणबाट आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउा पूरा फ्लाइट बुक गरेर दिल्ली पठाए ।
भारतीय मिडियाका अनुसार मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा क्षयकी बहिनी अल्का र उनका २ वच्चा र सहयोगी रहेको बताइएको छ ।
अक्षयले बहिनीलाई देखाएको स्नेहको अहिले सामाजिक संजालमा ब्यापक तारिफ भइरहेको छ ।
केहिले १८४ फ्लाईट भएकाे प्लेन केहिकाे लागि मात्र जानु गलत भनेका छन् । सामाजिक दुरी कायम गरेर अरु दुखमा परेकाहरुलाई ल्याएको भए अक्षयको मान अझ बढ्ने बिश्लेषकहरुले बताएका छन् ।