
यो लेख त्यहाँ बाट सुरु हुन्छ जहिले मैले संसद भवनमा एउटा सासंद हातमा भएको लेखोट पढ्न नसके पढ्न असमर्थ हुन्छिन् । ति महिलाले देखेर नै मलाई लेख्ने प्रेरणा मिल्यो । अनुभव भयो कि कति कमजोर छ हाम्रो शैक्षिक स्तर । बोध भयो कि त्यही नै हाम्रो हैसियत ।
लेखकलै कुनै अमुक महिलाको अपमान गर्नुको चाहना होइन तर यो कुराको हेक्का छ कि सासंद भवनमा मुख नै नखोल्ने पनि माननीय ज्युहरु हुनुहुन्छ । संविधानको धाराले हामी सबैलाई अधिकार त दिएको छ तर त्यसमा पनि सिमान्तकृतलाई विशेष आरक्षण पनि व्यवस्था गरेको छ । तर यहाँ बुझ्न के आवश्यक भने आरक्षित जातको आधारमा पनि निर्धारित गरिएको छ ।
लेखकलाई स्पष्ट थाहा छ कि सिमान्कृतको भन्दा उच्चजातको सङख्या बढि छ । (बाह्मण १२.२%, क्षेत्री —१६.६%)जब कि सिमान्कृतको २% पनि पुग्दैन तर त्यति कम जनसङख्यालाई माथि उठ्न कति ग्राहो भएको ?
तर यसको अर्थ यो होइन कि हामी अयोग्यलाई पनि योग्यको श्रेणीमा राख्यौ । लामो समयदेखि उच्चजातको पकड देखिन्छ तर पकड उनीहरु योग्य भएर नै भएको हो , चाहे त्यो सरकारी नोकरी होस् वा राजनीति ।चाहे त्यो शौक्षिक होस् वा सैन्य । यी क्षेत्रमा पिछडिएका वर्गहरु शुन्यकै बराबर छन् ।
प्रश्न यहाँ यो उठ्छ कि निश्चित जाति विशेष नै माथि बढ्छ । कुनै निश्चित खुबि उसको निरन्तर श्रमले नै दिने हो । चाहे त्यो शेर्पा जातिको पर्वतारोहण होस् वा नेवार जातिको व्यवसायमा सङ्गलग्नता ।चाहे त्यो क्षेत्रियको सैन्यमा पदोवृद्धि वा बाह्मणको सरकारी जागिरमा उन्नति ।
मूल प्रश्न यहाँ यो उठ्छ कि निश्चित जातिनै किन माथि पुगेका छन् ? यसको कारण स्पष्ट छ, त्यो हो निश्चित जातिको लामो समय अमुक क्षेत्रमा आवद्धता ।तर अरु क्षेत्रमा धेरै पछाडि पुगे । हुन त पछाडी पुग्नमा धेरै कुराको हात हुन्छ । भौगलिक स्थति, सामाजिक वस्तुस्थति वा धार्मिक प्रवृति ।जातको आधारमा कर्म विभाजनको श्रेय जयस्थति मल्ललाई जान्छ ।तर मलाइ लाग्दैन त्यसको कुनै आवश्यक छ ।
यस्ता प्रशस्त उदाहरणहरु छन् जसले जातिगत पेसा छोडेर अन्तै क्षेत्रमा कार्यमा प्रसिद्धि कमाए ।छाति नाप्न गएको भए ,हर्क गुरुङको त्यति सम्मान हुदैनथ्यो । जगमान गुरुङ नेपाल सँस्कृतिको क्षेत्रमा योगदान गर्ने मुर्धन्य व्यक्ति हुन् ।बाह्मणले वेद पढ्न नदिएपछि बनारस गएर शास्त्र पढेर बाह्मणलाई चुनैति दिने स्वामी प्रपन्नाचार्य राई परिवारका थिए । क्षेत्री परिवारमा योगी नरहरिनाथ र नेवार परिवारका सत्यमोहन जोशी पनि त्यस्तै नामी व्यक्ति हुन् ।
कुनै पनि नयाँ क्षेत्रमा प्रवेश गर्दा सुरुमा कुरीतिसित सामना गर्नै पर्छ । उदाहरणार्थ;उपाध्याय बाह्मणद्वारा पण्डित्याइँ छोडेर थालेको किसानी पेसा । समावेशी सम्भव छ, जति बेला हामी आरक्षणलाई योग्यता मान्न छोड्छौ तर निश्चित जातिकाले निश्चित पेसानै अपाउनुपर्छ भन्ने मानसिकता बाट माथि उठ्छौ ।थिति जोगाउने चक्करमा हामी पछि त परेका छैनौ ?
तर यावत जाति पनि छन् जो आफुलाइ उठाउन सकेका छैनन् । किन उनीहरु आफुलाई माथि उठाउन असमर्थ छन् ? किन उनिहरु प्रतिस्पर्धा गर्न सकेका छैनन् ? तर यो किनको उत्तर नखोजि सरकार आरक्षित गर्न तयार छ ।
सरकारले उनीहरुलाइ आरक्षित गर्ने हो वा योग्य बनाउने हो ? किन सरकार यो समस्याको हल सम्म पुग्न तयार छैन ? दुई फरक जातका मान्छे एउटै प्रश्नवाली दिन्छन् तर एउटा छनोट हुन्छ ,अर्को हुदैन ।केवल जातको आधारमा ।
मलाई यो कुरा हेक्का छ नि पुस्तै सम्म निश्चित जिवन शैलीमा हुर्किएका सिमान्कृतलाई कसैटीमा उत्रन धेरै ग्राहो हुनेछ । त्यो स्थितिमा उनीहरुलाई सरकारले सहयोग गरोस् ।तर सरकार आरक्षित गर्न तयार छ ।देशलाइ उत्कुष्ट जनशक्ति पनि चाहिएको छ फेरि ।प्रश्न यहाँ यो उठ्छ कि जसलाइ हामी आरक्षित गर्दैछौ के ति योग्य छन् देशलाई केही दिनलाई । र त्यति योग्य छन् भने आरक्षित किन ?
गहिरिएर हेर्ने हो भने आरक्षित वर्गहरु अझ बढि जटिल स्थितिमा छन् किनकी प्रतिस्पर्धाले नै मान्छेलाई निखार्ने हो ।
किन अमेरिका जस्तो लोकतान्त्रिक राष्ट्रले पनि जातियताको आधारमा आरक्षण दिदैन ? स्पष्ट छ, आरक्षितहरु योग्य हुनलाई चेष्टा गर्दैनन् जसले अयोग्य पात्र अनुपुक्त स्थानमा बस्छन् ।माइकमा बोल्न नसकेकी माननीयज्यु त्यसैको उदाहरण हुन् ।अर्को रोग के भने ,योग्य मान्छे विश्रिप्त पुग्छन् ।आफु योग्य हुँदाहुदै पनि अरु मान्छे अगाडी पुग्छ भने कुण्ठा हुनु स्वाभाविक हो ।फलत; योग्यलाई पाखा लाउनु र अयोग्यलाई काखी च्याप्नु नै यसको परिणाम बन्न पुगेको छ ।
लेखक पूर्वागाही भएझैँ लाग्ला तर देशले योग्य जनशक्ति पाओेस् भन्नु नै मेरो आशय हो र त्यसका लागि जातियता भन्दा माथि उठ्न सक्नुपर्छ । म गुरुङ जातका गुरुको अगाडि शिर यसकारण नझुकौँ कि उनी मेरा गुरु हुन् बरु यसकारण झुकौँ उनी ज्ञानका खानी हुन् र भण्डार छ उनीसित मलाई दिनको लागि ।
म अधिकृत भएर जाँदा उपसचिव भएर बसेका राई सरको नेतृत्वमा बसेर काम गर्दा मलाई उनिप्रति सच्चा सम्मानको भाव होस् ।यसकारण होइन कि उनी पद र उमेरमा ठुला छन्, यसकारणले कि उनीसित प्रशासकिय अनुभव र गुण म भन्दा बढी छ ।त्यही दिन एउटा नयाँ अध्धाय सुरु हुनेछ जहाँ हरेकलाई कार्यकुशलताको आधारमा सम्मान हुनेछ ।
जब म कृषि पढ्नलाइ लम्जुङ क्याम्पस पुगेँ ,त्यहाँ न शेर्पा जातिका थिए ,न चेपाङ । हुँदाहुदै राई,मगर पनि एकाध छन् । समावेशीताको नारा लगाएर मात्र त हुदैन,व्यवहार पनि झल्किन पर्यो । सबै जाति माथि उठ्न नसक्नु अर्को प्रमुख कारण आर्थिक कमजोरी पनि हो ।त्यसैले पहिले उनिहरुलाई सिप र ज्ञान दुवै दिऔँ । हिमाली भेगमा बस्ने शेर्पालाई होटल चलाउने ज्ञान मात्र नहोस् ,बरु होटल व्यवस्थापनको औपचारिक शिक्षा लिन पनि प्रेरित गर्यौँ ।थारु जातिलाई मत्स्यपालनको तालिम मात्र नदिऔँ बरु उनिहरुलाई त्यस विषयमा अध्धयन गर्न प्ररित गर्नुहोस् ।
आफुले गर्दै राखेको क्षेत्रमा काम गर्न सजिलै पनि हुन्छ ,विस्तारै आर्थिक तथा सामाजिक दृष्टिकोण बाट सबल भए पछि, हरेक क्षेत्रमा अग्रसर हुन सहज हुनेछ ।
लेखक लमजुङ क्याम्पसका विद्यार्थी हुन् ।