
लायन्स क्बल अफ कनकाई सुरुङ्गाले वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
नजिकै हुन लागेको लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ए१ नेपालको कन्भेन्सनलाई मध्यनर गर्दै उक्त अधिवेशन गरिएको हो ।
विश्वनै कोरोना भाईरस संक्रमणको चपेटामा परिरहेको अवस्थामा पनि आफुहरुले नेपाल सरकारले तोकेको लाकडाउनके दुरी कायम गर्नकै लागि १ टेवल १ व्यक्ती गरेरै उक्त साधारणसभा सम्पन्न गरेको बताईएको छ ।
क्लबले ईन्टरनेशलनमा कार्यक्रमको रिपोट पेश गर्नु पर्ने भएकाले औपचारिक पश्चात नयाँ निर्वाचित पदाधिकारीहरुको सामुहिक तस्विरको आवश्यकता भएको हुनाले आफुले प्रयोग गरि रहेको माक्स समेत निकालेर फोटो खिचिएको बताइएको छ ।

वार्षिक साधारणसभाले मनोज बस्नेतको अध्यक्ष चयन गरेको छ । त्यस्तै प्रथम अध्यक्षमा साजन थापा, दितिया उपाध्यक्षमा देवराज सुवेदी, तृतिय उपाध्यक्षमा सञ्जय गजुरेल, सचिवमा सन्दिपबाबु प्रसाई र कोषाध्यक्षमा त्रिलोचन उप्रेती चयन गरेको छ ।
लायन्स क्लब बाैद्धिक मानिसहरुकाे क्लब मानिन्छ र यस्ले समुदायमा निकै राम्राे काम पनि गर्दै आएकाे छ । तर लकडाउनकाे बेला सामाजिक दुरी कायम नगरि फोटो खिचेकाे हुनाले आलाेचित बनेकाे हाे ।
अन्य पदमा निर्वाचित समितिले मनोनयन गरी कार्यसमितिलाई पूर्णता दिने बताएको छ ।
याे भन्दा अगाडी हामीले हिजाे (बिहिबार) लकडाउनमा सामाजिक दुरी कायम नगरी अधिवेशन ? कस्ले दियाे अधिकार ? शिर्षकमा समाचार प्रकाशित गरेकाे थियौं । हामीले क्लबका पदाधिकारीहरुले सामाजिक सञ्जालमा हालेका फाेटा र केहि प्रमाण जुटाएर उक्त्त समाचार प्रकाशन गरेका हाैं। क्लबकाे पदाधिकारीका अनुशार क्लबले अन्तराष्ट्रिय स्तरमा कार्यक्रमको रिपाेर्ट पेश गर्नु पर्ने भएकाले औपचारिक पश्चात नयाँ निर्वाचित पदाधिकारीहरुको सामुहिक तस्विरको आवश्यकता भएको हुनाले आफुले प्रयोग गरि रहेको माक्स समेत निकालेर फोटो खिचेकाे बताएका छन् ।