
विश्वभर कोराना फैलिएर त्रसित बन्दै महिनौ देखि लकडाउन भएको छ । यसबाट नेपाल पनि अछुतो हुन सकेको छैन ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ ।
यसबाट ३ जनाको ज्यान गएको समाचार आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनाको मृत्यु भएको आधिकारिक रुपमा घोषणा गरेको छ ।
सचेत र बिद्वान नागरिक रहेको भनिएको कन्काईमा यो समयमा यस प्रकारको गतिबिधी हुनुले केही हदसम्म यहाँको संस्था देशभरी लगाईएको नियम भन्दा माथी रहेको वा भनौ शक्तिशाली रहेको र कन्काईमा आफ्नो बर्चस्व रहेको झल्काउछ ।
यस्तो विषम परिस्थिति तथा महामारीको समयमा देशभर पार्टी हल , जिम हाउस , सिनिमा हल , बिद्यालय एवम होटलहरु सबै बन्द राख्न सरकारले बिज्ञप्ती मार्फत जानकारी गराईसकेको छ ।
यति मात्र हैन कुनै पनि संस्थालाई आफ्नो बार्षिक कार्यक्रम नगर्न , भिड नगराउन , तथा सबै ब्यक्तीमा सामाजिक दुरी कायम गर्न सरकारले अनुरोध गरिरहेको छ ।
तर देशभरी बिगतमा कहिले बन्द नहुने भनेर चर्चित बनेको झापा जिल्लाको कन्काई नगरपालिका वा सुरुङ्गा क्षेत्रमा भने लकडाउनको नियमले खासै फरक परेको छैन ।
हाल मात्र यहाँ रहेको एक अन्तराष्ट्रिय संस्था लायन्स क्लब अफ कन्काईले आफ्नो बार्षिक अधिवेशन समापन गरेको छ ।
न त सामाजिक दुरी न त माक्स को प्रयोग न त नियम न त सुरक्षा विधि । सो संस्थाले आफ्नो आगामी २०२०-२०२१का लागि पदाधिकारी चयन गरेको छ ।
जस अन्तर्गत मनोज बस्नेत आउदो कार्यकालका लागि अध्यक्ष बनेका छन ।
भलही लकडाउन वा कोराना संक्रमण को जोखिम होस बस्नेतलाई अध्यक्ष बन्न केहीले पनि रोकेन ।
सचेत र बिद्वान नागरिक रहेको भनिएको कन्काईमा यो समयमा यस प्रकारको गतिबिधी हुनुले केही हदसम्म यहाँको संस्था देशभरी लगाईएको नियम भन्दा माथी रहेको वा भनौ शक्तिशाली रहेको र कन्काईमा आफ्नो बर्चस्व रहेको झल्काउछ ।
सो कार्यक्रममा स्थानिय समाजसेवि देखि लिएर विभिन्न अभियानका अगुवा समेत सामिल थिए ।
साथै पछिल्ला कार्यकालका अध्यक्षहरु पनि उपस्तिथि थिए ।
प्रतिबन्ध लगाईएको यस प्रकारको कार्यक्रम गर्न संस्थाले स्थानिय निकाय , जिल्ला प्रसाशन तथा अन्य कुनै सम्बन्धित सुरक्षा निकायबाट अनुमती लिएको थियो त ?
जब जनतालाई दबाई लिन वा अन्य कामको लागि समेत बाहिर हिड्न प्रतिबन्ध लगाईएको छ भने यस्तो संस्थालाई अधिवेशन गर्न छुट किन अनि कसरी ? यस्मा इलाका प्रहरी पनि चुपचाप रहेकाे देख्न सकिन्छ । झापाकाे केचनाकवलमा काेराेना संक्रमित हुनेकाे संख्या बढेकाे छ भने बिर्तामाेडले पुर्णरुपमा लकडाउन गरिसकेकाे छ ।