
वेद, जगत हितका लागि वनाईएको सौम्य नीति शास्त्र हो । यसले पूर्ण जगत हितायका लागि मानिस र अन्य प्राणीहरुको पनि कल्याण गर्दछ । त्यही वेदमा यसो पनि भनिएको छ कि मानिसले कहिले काही हिंसा पनि गर्नु पर्छ भनेर । तर हिंसा केका लागि गर्ने र केलाई कसले गर्ने भनेर स्पष्ट किटान गरिएको छैन । केही विद्दानहरुले भनेका छन्ः हिंसाको अर्थलाई सहि ढंगले व्याख्या गर्न वा गराउन सकिएन भने त्यस्को परिणाम भयावह हुन्छ ।
फलस्वरुप अज्ञानता र अल्प ज्ञानका कारण मानिसले आफूवाहेक अन्य सबै प्राणिलाई बध गर्नु पर्छ भन्ने धारणाको विकास गराउन पुगे । परिणाम मानिसले आफू बाहेक सारा निर्दोष प्राणीको हत्या गरेर पूण्यकर्म गरेको दावी गर्न छाडेन र समाजलाई हिंसा गर्न उत्प्रेरित गरायो । आफ्नो अभिष्ट प्राप्तिका लागि उसले जे जति चौपाया वा पशुपंछिहरुको निर्मम हत्या गराउनुको कारण थियो “बुझाइमा भएको कमजोरीपन” । जो आफूमा आएको कमजोरी र हुंकार थियो अनि जसले ति निर्दोष प्राणिको उदण्ड तवरले जतिलाई भेटे समात्दै काटे, अनि आफू अनुकुलका मासुका विभिन्न परिकार बनाएर पनि खाए । यसलाई विजयको उन्माद ठानियो र मत्ताहात्तिको चालवाजीमा हुंङकार पनि मच्चाईयो तर निर्दोष आत्माले उन्मुक्ति पाउन सकेन । यि कर्म केवल धर्मका नाममा देवीदेवता भाकल गर्दै पशुपंक्षीहरुको आलो रगतमा होली खेलिनु नै ठानियो ।
यहाँ एउटा प्रश्न उठ्छ, के वेदमा लेखेको हिंसाको अर्थ पशु हत्या हो ? के पवित्र ग्रन्थ वेदले पशुहिंसाका लागि मानिसलाई पेरित गरिरहेकै हो त ? के होत वेदले भनेको वास्तविक अर्थ ? के भनिएको छ त वेदवारे मनुश्रुतिमा ? के अन्य प्राणी भन्दा शक्तिशालि हुनाले नै हो त मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिएको ? यी यावत प्रश्नको उत्तरमा विलकुल त्यस्तो कर्मलाई जोड दिईएको छैन । बरु मानिसले सबै प्राणीको हित गर्नुपर्छ भनिएको थियो वेदमा । अनि वेदले बताए अनुसार हिंसाको अर्थ हो, “मानिसमा कुनै वेला यस्तो कुबुद्धिको घमण्डले वास गर्छ यदि यसलाई आफैले आफैद्धारा मारिएन भने त्यसको जड मौलाउदै सारा जगतलाई धमिल्याई दिन सक्छ ।”

फलस्वरुप आफू भित्र रहेको कुविचार र घमण्डको हिंसा गरिएन भने न जगतको हित हुन्छ नत आत्मा शान्ति नै मिल्छ । यसकारण कुविचारको हिंसा गर, घमण्ड र तामसिपनको अन्त्य गर अनिमात्र मानव जीवनको अर्थ शार्थक रहन्छ भन्न खोजिएको थियो । तर यसको ठिक उल्टा अपव्याख्याका कारण मानिसले आफू भित्र भरिएको लालचीपन, घमण्ड, ईश्या आदिलाई हिंसाद्धारा अन्त्य गराउन सकेन बरु उसले त उल्टै प्राणीहरुको निर्मम तरिकाले हत्या गर्दै जगतमा नै अशान्ति फैलायो ।
भागदौड एवंम कोलाहल मच्चियो र बलियाको अगाडी निर्दाको सत्य विचार पनि झुटा सावित हुँदै गयो । जसरी जगत हितका लागि आफ्ना चेलाहरुलाई बुद्धले कहिल्यै झुटा नबोल्नु भनि अर्ति उपदेश दिए । तर त्यसको अर्थ यो पनि थिएन कि साँचो बोल्दा कसैको ज्यान जाओस् । यसै कारण बुद्धले स्वयम पनि झुटा बोलेका थिए तर त्यसमा कसैको ज्यान बचाउनका लागि चालिएको सत्कर्म थियो ।
अतः भावना र विचारहरु सहि रहँदा रहदै पनि कहिले काही बुझाईमा आउने कमी र अपव्याख्याका कारणले एउटा विषयको अर्थ अनर्थ हुन सक्छ । स्पष्ट रुपमा बुझाउन नसक्नु पनि कमजोरी नै हो । अहिलेको संविधानले दलहरुले भने झैं वेदकै नीति सरह अधिकार स्थापित गराएको भए पनि त्यसको अनुभूति नागरिकले गरेका छैनन् ।
प्रकाण्ड राजनैतिक विद्दानहरुको सत्तालोलुपता एवं आफू अनुकुलका अपव्याख्या वा अल्पव्याख्याले गर्दा साम्प्रदायिक एकता माथि आँच आउने गरेका छन् । यसैले होला कुनै एउटा समस्या मत्थर नहुँदै अर्को परिघटनाको रुमाल थापिएको देखिन्छ । कहिले काही न्यायालय भित्रैबाट पनि अन्याय भएको कुरा बाहिर आउने गरेको छ । आजकाल अमेरीकामा समेत वेद ग्रन्थको अध्ययन अनुसन्धान र अनुसरण गर्ने काम हुँदा नेपालमा भने यसलाई अनादर किन गरिदैछ भन्ने आवाज उठेको छ । रुस, जहाँ हिन्दुधर्मको व्यापक अध्ययन हुन्छ । भागवत गीतालाई रुसीहरुले नेपालमा आएर नेपालीहरुलाई सिकाउन थालेका छन् । आज तिनै विश्वका हिमायति मानिने राष्ट्रहरुमा मानिसको ध्यान गुम्वा र मन्दिर तर्फ केन्द्रित भएको अवस्थामा मातृभाषिमा तिनीहरुको अस्थित्व संकटमा रहेको देखिन्छ ।
नेपालीहरुले केवल खान र खुवाउनका लागि देखोसिको मार्फत आफ्नो धर्म, संस्कृत, परम्परा र रितिरिवाजलाई बेचिरहेका छन् । तिनीहरु आफै हवाला दिन्छन् कि भ्रष्टाचार गरिदैन भनेर तर जसले भ्रष्टाचार गर्दिन भनेर भन्छन तिनीहरु नै कमाउन खेतमा व्यस्त छन् । राजनीतिक आकास पुरै धमिलिएको छ जनताको नजरमा । तर हामीले जनताका नाममा धेरै गरिरहेका छौ भनेर तिनै व्यक्तिहरु उफ्रन छाडेका पनि छैनन् । आफ्नै स्वार्थ र आसेपासेमा भासिदै दलिय भागबण्डाहरु गरेरै भए पनि सरकार संचालित गराउने नियत गएको छैन । नियम र कानूनको जप तिनैले गर्छन तर शक्तिका आसेपासेलाई त्यो नियम र कानूनले त्यति फरक पार्न सक्दैन ।
नेतृत्व भागबण्डा गएर सिमित पारिन्छ अनि भनिन्छ यो सबैको मेरुदण्डको अन्तिम म्यान्डेड हो । चाहे त्यो सरकार बनाउन होस् या पार्टी एकिकरण र लाभको पद बाँडफाडको सवालमा किन नहोस् । त्यहाँ न त विचारले काम गर्छ न सिद्धान्तले नै । विज्ञताको सवाल भनेको एका देशको कहानी जस्तै बनेको हुन्छ । विचार र सिद्धान्तको लेखाजोखा गरिदैन बरु पदिय अधिकारका सवालमा भागबण्डा गराई त्यसमा पनि आफू अनुकुलका निकटतम् व्यक्तिको आवस्यकता बोध गरिन्छ ।
अहिलेको संघियताको अभ्यासले दिएका प्रतिफलहरु जनताका नजरमा यस्तै बनेका छन् । आम मानिसको सवाल कालापानी, लिम्पियाधुरा, लिपुलेक जस्ता भूमिमा सरकारको ध्यान पुग्न सक्दैन । सिमानाकामा विवादित बनेको भूमिको सवालमा विदेशी हस्तक्षेप बढीरहेको अवस्था प्रति सरकारले आफ्नो धारण खुलेर सार्वजनिक गर्ने हिम्मत राख्दैन । बरु जनतालाई केहि गरिए जस्तो देखाउनका लागि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा आधिकारीक हस्ताक्षर समेत गर्न नेपाल सरकार आनाकानी गर्छ ।
भारत र चीन विच लिपुलेक हुँदै व्यापारीक नाका छिमेकी देश भारतले उद्घाटन गर्दा त्यसको आधिकारीक जानकारी राख्ने हिम्मत सरकारको हुँदैन । तथापि त्यसको विरोध नेपाली जनताले गर्दा ति व्यक्ति माथि प्रहरी प्रशासनको पिटाई तिनै नेपाली जनताले व्यहोर्नु पर्ने यो देहमा मातृभूमिको लाज कसले बाचईदिने भन्ने प्रश्न खडा भएको छ ।
उता देशको सिमाना मिचिदै जान्छ यता आवाज उठायो भनेर जनताका छोरा छोरीले लाठी खान्छ । यस विषयमा कुनै दलले विरोधको आवाज उठाउने हिम्मत राखेको देखिदैन बरु आफ्नो सत्ता जोगाउन आफ्नै दलभित्रको लडाईंमा साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरेको प्रस्टै देखिन्छ । कारण यो पनि हुनसक्छ कि सरकार बनाउँदा आफ्ना धेरै व्यक्तिले नेता हुने अवसर पाएका हुन सक्छन् । त्यसले हरेकको चाहनालाई सम्बोधन किन गर्नु आवस्यक रहन्छ र ! नेता र नेतृत्व लिगलिगको दौड झै बनेको परिप्रेक्षमा विदेसी चलखेल चरम उत्कर्स रुपमा बढ्नुलाई कुनै नौलो मानिदैन । चाहे त्यो सिमा नाकामा हस्तक्षेप होस् या सरकार बाउने र गिराउने अवस्थामा किन नहोस् । दौडमा रहेको धावकलाई नियन्त्रणमा लिनु र उसका लागि केही गरिदिए झै गरिदिनुलाई अवका दिनमा कुनै नौलो परिघटना मानिदैनन । परिणाम जनताका लागि दिईने विकास शब्दभण्डार जस्तै बनेको छ । जसको अर्थ र परिभाषा उनिहरुले बुझ्न सकेका हुँदैनन् त्यो नै विकासका लागि चालिएको गतिलो औजार बन्दछ । सालबसाली वजेटमा साधारण खर्च बढ्दै जान्छ र विकास खर्च तोकिए अनुसार पनि हुन सक्दैनन । अर्थात विदेशी सहयोग र अनुदान मागेर शासन व्यवस्था टिकाउनु पर्ने हालतमा देशलाई दौडाईन्छ । उत्पादन खासै गरिदैन । आयातित अर्थ व्यवस्थामा राजनीति चलेको बढी रहेको हुन्छ । यस्तो परिपाटीले दिगोविकासको सपना सजाउनुको कुनै सनदार महल भन्दा अतुलनिय नहुन सक्छ । यसतर्फ खासै चासो र चिन्ता बढेको पाईदैन बरु सत्ता हत्याएर लाभका पदमा कसरी जाने भन्ने चिन्ताले जगडिएको सिंगो राजनीतिले आफैबाट आफ्नैलाई सिध्याउने चलखेल गरेको सुन्न र देख्न पाईन्छ । यसलाई राजनीति वेईमान भन्ने कि ईमान्दारीता ? प्रश्न आफैमा गंभिर भएको छ ।
नेपाली समाज आफैमा पनि अपार थियो । विविधता भित्रको एकतामा रमाएका जनता आज यो र त्यो को वहानामा माखेजालो भित्र आफै अल्झिदै गरेको देख्दा कतै वाटो विराएर हिड्न थालेका त हैन भन्ने लागेको छ । कोभिड–१९ कोरोनाले विश्व मानव जगतलाई आक्रान्त बनाएको अवस्थामा विदेशी दब्दबाले नेपाली आमाको अपमान गरायो । आफ्नै जीवन संकटको घडीमा रहँदा आमाको आँसु पुच्छने हातहरुमा मलम रहेन बरु निला राता डामहरु देखिए । सरकारले कुनै पनि जनता भोकभोकै नमरोस् भन्दै गर्दा सयौ जनता सडकमा रासनपानी विना जीवन बाच्ने आशा परिलिरहे । तर यस्तो भयावह अवस्थामा पनि कतिले त रहातको नाममा पर्व मनाएझै गरे । कोही यस्ता पनि देखिए कि जसले आफूले सकेको सहयोग गर्दै ति दुखेका मनहरुमा मलम पट्टी लगाउन समेत पछाडी परेन । भिन्नता यहि देखियो जसलाई सरकारले दिनु भन्यो उसले ति देखेका मनहरुको नागरिकता हेर्यो, परिचय हेर्यो र दल सहित आफ्नै क्षेत्रको हो या होईन हेर्यो । तर जीवन बचाउने नाउँमा ति सहयोगी हातहरुले दुखेका मनहरुको कुनै परिचय हेरेन, हेर्यो त केवल दैनिक चुलो बलेको छ या छैन भनेर । हो यो दुखत घडीले जसले ति पडिामा परेका मनहरुको कुनै परिचय खोजेन र जीवन बचाउनका लागि सहयोग गर्दै गयो । त्यसले वेलदाई पालना गर्यो । वेदको मर्म बुझ्यो, धर्म बुझ्यो र आफ्नो कर्म पनि बुझ्यो । जसमा कुनै राजनीति गरेन, धर्म जात र रंगको विभेद गरेन । त्यो नै सच्चा मानव हो जसले मानव हितका लागि विना स्वार्थ कार्य सम्पादन गरिरह्यो । ति तमाम् मिडियाकर्मीलाई पनि दुखेका मनहरुले कदापी झुल्दैनन् जसले मलमपट्टी लगाउने हातहरुको संयोजन गराउन सक्यो ।
अन्तमाः महर्शी भृगुले जसरी प्राणी हितका लागि वेद तथा विज्ञानको सामिप्यता परिक्षण गर्न योग, दर्शन र वनस्पति अध्ययनको गहिराई पहिचान गराएका थिए । त्यसै गरी व्यास ऋषिले वेदलाई सबैले बुझ्ने सरल वनाउन चार भागमा विभाजन गरे । तर राजनीति कर्मीले आफ्ना एजेण्डाहरु कार्यान्ययन गराउन वेदकै अनुसरण गर्दै साम, दाम, दण्ड र भेद नीतिको अनुसरण त गराए तर त्यसलाई सहि रुपमा प्रयोग गर्न कदापी जानेनन् । समयमा उचित कार्यावोध सहितको दिशा पहिचान हुन नसक्दा देश विकास त भएन नै आम जनताले सहज अवतरण अनूभुत गर्न सकेनन् । बरु नेतृत्व वर्गले यसैको घेरा भित्र कसैलाई जातियताका रुपमा समावेश गराए त कोहीलाई धर्मका नाममा । प्रकारान्त जात जाति, धर्म, भाषा भाषी, रहनसहन, संस्कार र भेषभूषा विकासका लागि वेदकै स्वरुपमा परिणाम मुखी बनाउन सक्ने सांकेत देखाउन कमजोरी भयो । वदलिदो व्यवस्थाको वास्तविकता जनता माझ उजागर गराउने नैतिक दायित्व लिएका राजनैतिक दलहरु आफैमा विभाजित हुँदा समाजमा दुराचार, भ्रष्टाचार, कलह, वैमनस्यता, झैझगडा र ईष्र्या बढ्दै गयो । यसको मुल जड भनेको अमृतपानको चाह राख्दा विषवमनको वातावरण विकास हुँदै जाँदा प्रतिसोद्धात्मक ज्वालाहरु निभाउन नेपालका सबै जलकुण्डहरु एकै ठाउँमा समाहित हुनु पर्ने विषम अवस्था नबनोस् ।
अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. उत्तम खनाल अर्थराजनीतिक क्षेत्रका विष्लेशक एवं रिसर्चर समेत हुन् ।