
प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारलाई प्रवेश रोक लगाइएको छ । नेकपाको सचिवालय बैठकमा सूचना संकलन गर्न गएका पत्रकार प्रधानमन्त्री निवासको गेटबाटै रोक लगाइएको हो ।
सबै पत्रकार सडकमा नै रहेका छन् । भित्र भने नेकपा सचिवालयको बैठक जारी छ । यसपटकको नेकपमाको सचिवालय बैठकलाई निकै महत्व दिइएको छ । खासगरी सचिवायलय बैठक डाक्न नै तर्किएका प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकु्मार नेपाल र झलनाथ खनालले दबाब दिएका थिए ।
आन्तरिक बिवाद मिलाउन नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
यसबीचमा प्रधानमन्त्री ओलीले बालुवाटारमा हस्ताक्षर अभियानसमेत चलाएका छन् । हस्ताक्षर गर्नभित्र गएका सासंद बालुवाटारभित्रै थुनिएका छन् ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता माधव कुमार नेपाल र अध्यक्ष पुष्षकमल दाहाल गुटले चर्को विरोध गर्दै आएका छन्।
वरिष्ठ नेता नेपालले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई दबाबसमेत दिँदै आएका छन्। साताअघि दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै प्रधानमन्त्री पार्टीभित्रै आलोचित बन्दै आएका छन्। मंगलबार नै बस्ने भनिएको सचिवालय बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबारका लागि सारिएको थियो ।