
नेकपाको आन्तरिक विवाद चुलिँदै गएपछि अहिले सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पार्टीभित्रै प्रश्न उठ्न थालेपछि त्यसको समाधानका लागि बैठक बसेको हो ।
नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता माधव कुमार नेपाल र अध्यक्ष पुष्षकमल दाहाल गुटले चर्को विरोध गर्दै आएका छन्।
वरिष्ठ नेता नेपालले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई दबाबसमेत दिँदै आएका छन्। साताअघि दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै प्रधानमन्त्री पार्टीभित्रै आलोचित बन्दै आएका छन्। मंगलबार नै बस्ने भनिएको सचिवालय बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबारका लागि सारिएको थियो ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक केही समय अघि सुरु भएको हो । ‘सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक बालुवाटारमा शुरू भएको छ’, प्रेस सल्लाहकार थापाले भने । यसै विषयमा नेकपाका नेता डा.भिम रावलले आज बिहान गरेको कुराकानी तलकाे भिडियाेबाट सुन्न सक्नुहुनेछ ।