
काठमाडौं : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको हो।
यसअघि सरकारले वैशाख १८ अर्थात् अप्रिल ३० सम्ममात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो।
२५ दिन अस्पताल बसेर भारतमा रहेका अछाम जिल्लाका एकै परिवारका ८ जनाले जिते कोरोना
अछाम : सुदूरपश्चिम प्रदेशको अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएको एक परिवारका ८ जना कोरोनालाई लडाई जितेर घर फर्केका छन् ।
लामो समयदेखि मुम्बईमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–५ लुंग्राका चेतमान खड्काको परिवारका ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो।
२५ दिन अस्पतालको कष्ट झेलेर कोरोना भाइरसलाई जितेर निको भइ घर फर्कन पाउदाँ खुशी लागेको उनीहरुले बताएका छन्।चेतमान खड्काले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कोरोनालाई पराजित गर्दै सम्पूर्ण परिवार एकसाथ घरमा भेटहुँदा निकै खुसी लागेको छ।
मेरो सबै परिवारले हिम्मत र आत्मविश्वासका कारण कोरोनालाई जित्यौँ ।’ अस्पताल भर्ना हुँदा यसरी निको भएर भेट हुन्छ भन्ने लागेको थिएन ।’ उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठ जनामा संक्रमण देखिएको थियो ।
भारतमा रहेका अछामबासीमा ८ जना बाहेक अन्यलाई कोरोनाको सक्रमण नदेखिएको चौरपाटी गाउपालिका–६ दुनी घर भई हाल मुम्बईमा रहेका सुदूरपश्चिमेली समाजका सदस्य प्रेम खड्काले बताए। उनले भने ‘अहिले कोरोनाभन्दा पनि भोकमरी चिन्ता छ धेरैलाई, यहाँ अछामका थुप्रै बिचल्ली छन् सकेजतिको सहयोग गरेका छौं ।’